सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थारु समुदायका युवाहरुलाई लक्षित गरी आधारभूत पत्रकारिता तालिम सुरु


  •    न्युजभित्तो/२५ जेष्ठ २०७७, आईतवार १७:११ 
  • चितवन २५ जेठ । जारी लक डाउनको समयलाई सदुपयोग गर्ने उद्देश्यले आइतबारदेखि तीनदिने निःशुल्क आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । भर्चुवल अनलाईन जुम प्रविधि मार्फत देश विदेशमा रहेर पत्रकारितामा रुचि राख्ने थारु समुदायका युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको तालिम संघका महासचिव सन्तकुमार चौधरीले जानकारी दिनुभयो ।

    सञ्चार क्षेत्रमा आउन चाहनेहरुका लागि तालिम प्रभावकारी हुनसक्ने थारु पत्रकार संघका सल्लाहकार एवम् फोनिजका उपाध्यक्ष लक्की चौधरीले बताउनुभयो । तालिमले अवसर समेत सृजना गर्न सक्ने भन्दै उहाँले तालिममा उठेका विषयहरुलाई गहन रुपमा लिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।

    उद्घाटन सत्रमा बोल्दै संघका अर्का सल्लाहकार डा. कृष्णराज सर्वहारीले यस्ता खालका तालिमले सबैलाई उर्जा दिने बताउनुभयो । उहाँले सबैलाई प्राप्त अवसर र यो समयको सहि सदुपयोग गर्न समेत सुझाव दिनुभयो ।

    कार्यक्रममा पत्रकार ठाकुर सिंह थारुले तालिमलाई अवसरको रुपमा लिन आग्रह गर्दै तालिममा राखिएका विषय गहन र महत्वपूर्ण रहेकाले पत्रकारितामा रुचि राख्नेहरुका लागि निकै फलदायि हुने बताउनुभयो । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा आयोजना गरिएको तालिममा काठमाण्डौं, नवलपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बारा, मोरङ, सप्तरी, सुर्खेत, जुम्लादेखि छिमेकी राष्ट्र भारत हुँदै मलेसिया, यूएई, साईप्रस लगातका ठाउँबाट ७० जना सहभागी छन् ।

    तालिमको पहिलो दिन प्राविधिक शिक्षक दुर्गा चौधरीले पत्रकारितामा गुगल टुल्सको प्रयोग र यसको उपयोगीता बारे जानकारी दिनुभयो । यस्तै थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरीले आमसंचारको विषयमा सहजीकरण गर्नुभएको छ । पहिलो दिनको तालिम निकै उत्साहजनक लागेको सहभागीहरुले प्रतिकृया दिए ।

    तालिमको दोश्रो दिन सोमबार नेपालमा थारु संचार माध्यमहरुको अवस्था, इतिहास र सम्भावनाको विषयमा थारु पत्रकार संघका सल्लाहकार समेत रहेका अन्नपूर्णपोष्टकर्मी डा. कृष्णराज सर्वहारी र समाचार के हो ? समाचारको स्रोत कसरी खोज्ने ? समाचार लेखन लगायतका विषयमा रेडियो कान्तिपुरकी प्रार्वता चौधरीले सहजीकरण गर्नुहुनेछ । यस्तै अनलाईन पत्रकारिता कसरी गर्ने विषयमा थारु पत्रकार संघकी उपाध्यक्ष उन्नती चौधरीले आफ्नो अनुभव सहित सहजीकरण गर्नुहुनेछ ।

    फिल्ड रिपोटीङ कसरी गर्ने, विपद्को बेला रिपोटीङ गर्नुपर्ने पूर्व तयारी के के हुन भन्ने विषयमा मंगलवार कान्तिपुर दैनिकका ठाकुर सिंह थारुले सहजीकरण गर्नुहुने छ । यस्तै मंगलवार नै नेपाली पत्रकारिताको शैली र न्यू मिडियाको बारेमा गोरखापत्र दैनिकका लक्की चौधरीले सहजीकरण गर्नुहुनेछ । तालिमको अन्तिम सेसनमा भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिताको आचार संहिताको बारेमा सहजीकरण गर्नुहुनेछ । तालिम प्रत्येक दिन दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.