चितवन सेरोफेरो

वडा अध्यक्षको निधनप्रति महानगरद्वारा दुःख व्यक्त
-न्युजभित्तो

भरतपुर । भरतपुर २० का वडाध्यक्ष मणिलाल तामाङको निधनप्रति भरतपुर महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्...

कोरोनाबाट भरतपुर २० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो । उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९...

कावासोतीमा नमूना सदरमुकाम निर्माणको प्रक्रिया शुरु
-न्युजभित्तो

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम शुरु भएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक चरणको काम शुरु गरिएको हो । कावासोती नगरपालिका–३ मा रहेको १८४ बिघा क्षेत्रफलमा...

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको...

चितवनमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन । जिल्लामा एकै दिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा शुक्रबार गरिएको परीक्षणमा चितवनसहित नवलपरासी पूर्व, काठमाडौं, तनहुँ, रुपन्देही, दाङ, दोलखा, पर्सा, मकवानपुर र सर्लाहीका गरी १जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये...

माडीको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुने
-न्युजभित्तो

चितवन । चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ । माडी नगरपालिका–६ लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो । रु दुई करोड लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डिपिआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले...

नेपाल क्रेट उत्पादक संघको अधिवेशन सम्पन्न, अध्यक्षमा अमन
-न्युजभित्तो

भरतपुर । चितवन उद्योग संघको वस्तुगत सदस्य नेपाल क्रेट उत्पादक संघको दोश्रो साधारणसभा तथा अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ । नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणी भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन...

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार
-न्युजभित्तो

भरतपुर । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल...

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै
-न्युजभित्तो

रत्ननगर (चितवन) । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण...

तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्ज वरपर वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु
-न्युजभित्तो

टेकराज (आनन्द) पोखरेल नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत...