सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै


  •    न्युजभित्तो/२१ आश्विन २०७७, बुधबार ११:५६ 
  • रत्ननगर (चितवन) । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी बढाइएको छ । कार्यालयका प्रमुख डा बाबुराम लामिछानेले फेरि पनि अप्रिय घटना घट्नसक्ने भएकाले कुमरोज सामुदायिक वनमा आक्रमण गर्ने बाघलाई निगरानी बढाइएको जानकारी दिनुभयो ।

    “बाघ अहिले पनि सोही स्थानमा हिँडडुल गर्ने गरेको क्यामेरामा दृश्य कैद भइरहेको तर अहिले तत्काल समातेर राख्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाघ बस्तीमा प्रवेश गरे त्यसलाई अति संवेदनशील मानिन्छ । त्यही भएर क्यामेरा राखेर त्यसको गतिविधि अध्ययन गर्ने काम पनि भइरहेको छ । बस्ती प्रवेश गर्ने सङ्केत देखाए स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्छौँ ।”

    बाघको बानी ब्यहोरा र स्वास्थ्य अवस्थाबारे जानकारी लिन घटना भएकै दिनबाट क्यामेरा राखेर निगरानी गरिएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिनुभयो । बाघको दैनिक कैद भएको दृश्यको आधारमा अध्ययन तथा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । डा लामिछानेका अनुसार बाघ अशक्त बूढो, शिकार गर्न नसक्ने, अन्य बाघसँग बस्न नसकेको खण्डमा वनको छेउ भागमा आउने गर्दछ । यो अवस्थामा मानिसलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ । प्रमुख लामिछानेका अनुसार कुमरोजमा आक्रमण गर्ने बाघ पूर्णरूपमा स्वास्थ रहेको पत्ता लागेको छ । कुनै पनि चोट, घाउ र अशक्तता देखिएको छैन । सो बाघ करिब आठ वर्ष उमेरको भाले पाटेबाघ हो । सन् २०१८ को बाघ गणनाको क्रममा सो बाघ पाँच वर्षको थियो ।

    कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले रत्ननगर–६ का ५५ वर्षीय बबना चौधरीलाई आक्रमण गरेको थियो । घटनामा बाघले जरायो भर्खर मारेर खाना थालेका समय मृतक सोही स्थानमा घाँस काट्दै पुगेपछि आक्रमण गरेको देखिएको छ । त्यस्तै भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बाघले स्थानीय ६५ वर्षीय जगदीश चौधरीलाई मारेको थियो । यो बाघलाई अहिले निकुञ्जले नियन्त्रणमा राखेको छ । बाघलाई अहिले खोरमा राखेर उपचार गरिँदैछ । दुई घटना घटाउने बाघ भने फरक–फरक हुन् ।

    “बाघ लजालु स्वाभावको हुन्छ”, उहाँले भन्नुभयो, “मानिससँग टाढै बस्छ । तर शिकार गरेको आहार खाने समयमा वा सोही स्थानमा नजिकै भएमा आक्रमण गर्छ ।” बाघहरु अस्वस्थ भएर मानिसलाई आक्रमण गरेको भन्ने निष्कर्ष निक्लिए त्यो बाघलाई उपचारपछि छाडिन्छ । चितवन राष्ट्रिय निकुञ्जको बाघमध्ये चार प्रतिशतले मानव बस्ती नजिक रहने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । चितवनमा हाल ९३ वटा बाघ रहेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटेबाघ, एकसिङ्गे गैँडा पाइन्छ । यही जनवारबाट बर्सेनि निकुञ्जसँग बस्ती जोडिएका मानिसले ज्यान गुमाउनुपरेको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आए पनि कमी भने आउन सकेको छैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.