सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल क्रेट उत्पादक संघको अधिवेशन सम्पन्न, अध्यक्षमा अमन


  •    न्युजभित्तो/२१ आश्विन २०७७, बुधबार १५:१४ 
  • भरतपुर । चितवन उद्योग संघको वस्तुगत सदस्य नेपाल क्रेट उत्पादक संघको दोश्रो साधारणसभा तथा अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
    नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणी भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो भने, संघका उपाध्यक्ष गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि कँडेलले क्रेट उत्पादक उद्योगीहरु एकजुट भएर संस्थासँगै आफ्नो उद्योगलाई प्रबर्धन गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले क्रेट उत्पादकका समस्याहरुलाई सरकारले आफ्ना नीति तथा कार्यक्रममा सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो । संघका अध्यक्ष दण्डपाणी भट्टले पेश गर्नुभएको बार्षिक प्रगति प्रतिवेदनका बारेमा छलफल गरी निर्णय समेत गरिएको थियो ।

    अधिवेशनले मुन्ना पाण्डे (अमन) को संयोजकत्वमा ५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवनिर्वाचित समितिको सदस्यहरुमा दयानीधि अर्याल, सुवास अर्याल, राज बराल, सुदन पौडेल रहनुभएको छ । अधिवेशनले आवश्यक थप सदस्यहरु चयन गर्ने जिम्मा समेत वर्तमान समितिलाई दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.