सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुने


  •    न्युजभित्तो/२३ आश्विन २०७७, शुक्रबार ०९:५४ 
  • चितवन । चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ । माडी नगरपालिका–६ लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो । रु दुई करोड लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डिपिआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो ।

    स्व नेता पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा निर्माण गरिएको बाटिकामा होटलसहितको भ्यूटावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको शालिक, वनभोजस्थल र सभाहल रहने उहाँले बताउनुभयो । टावरबाट माडी नगरपालिकाका महत्वपूर्ण दृश्यसहित भरतपुरको गोलालघाटसम्मका दृश्य हेर्न सकिने गरी डिपिआर तयार गरिएको छ ।

    पुष्पमदन बाटिका सञ्चालन समितिका उपाध्यक्ष श्री दवाडीका अनुसार भ्यूटावरलाई स्थानीय समुदायले नै सञ्चालन गर्ने तयारी गरिएको छ । कम्युनिटी जङ्गल लज नाम दिइएको सो टावर पाँच तलाको हुनेछ । टावरको माथिल्लो तलामा दूरबिन राखिएको हुनेछ भने प्रत्येक तलामा पर्यटकले दृश्यावलोकन गर्दै खाना खान सक्नेछन् ।

    उपाध्यक्ष दवाडीले रु दुई करोड लागतमा बन्ने टावर अबको पाँच वर्षभित्रमा सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो । उहाँले अहिले समिति सभाहल निर्माणको काममा लागिरहेको बताउनुभयो । पुष्पमदन बाटिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन प्रदेश सरकारले गत वर्ष रु एक करोड र यस वर्ष रु ४० लाख तथा सङ्घीय सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.