चितवन सेरोफेरो

ट्रकको ठक्करबाट जुगेडीका गुरुङको मृत्यु
-न्युजभित्तो

चितवन, २८ वैशाख । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६०...

लायन्सले आयोजना गरेको कार्यक्रममा ५२ जनाद्वारा रक्तदान
-न्युजभित्तो

चितवन, २७ बैशाख । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा सोमबार आयोजित घुम्ती रक्तदान कार्यक्रममा कुल ५२ जनाले रक्तदान गरेका छ्न । ३१ गते सम्म संचालन हुने कार्यक्रम अन्तरगत आज पहिलो दिन भरतपुर २८ साझापुरमा २३ पोइन्ट, वडा नम्बर २७...

कोभिड १९ बिशेष म्यागाजिनको विमोचन हुँदै
-न्युजभित्तो

चितवन, २७ वैशाख । केटीबी एड्भरटाईजिङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा लि चितवनद्वारा प्रकाशित कोभिड– १९ बिशेष “एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन हुने भएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

पोखरामा अक्सिजन बैंक स्थापना
-न्युजभित्तो

कास्की, २७ वैशाख : कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा अत्यावश्यक अक्सिजनको अभाव हुनथालेपछि पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् ।...

पत्रकार महासंघ चितवनलाई तीन संस्थाले दिए स्वास्थ्य सामग्री
-न्युजभित्तो

चितवन, २६ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखालाई जिल्लाका तीन वटा संघ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल...

कर्णालीमा कोरोनाबाट हालसम्म ८२ को मृत्यु
-न्युजभित्तो

कर्णाली, २६ वैशाख  ।  कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको...

पोखरामा एकैदिन ११ जना संक्रमितको मृत्यु
-न्युजभित्तो

पोखरा,२६ वैशाख। गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना,...

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित
-न्युजभित्तो

चितवन, २६ वैशाख । राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन...

चितवनमा एकैदिन थप ३९२ जनामा कोरोना संक्रमण
-न्युजभित्तो

चितवन, २५ वैशाख । चितवनमा आज शनिबार एकै दिन ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्मको उच्च संख्यामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसाार ८५६ जनाको स्वाब परीक्षण गर्दा ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको...

चितवनमा बाघको आक्रमणबाट एक घाइते
-न्युजभित्तो

चितवन, २५ वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन् । उनलाई बाघले यही वैशाख २४ गते भैँसी चराउने...