सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा एकैदिन ११ जना संक्रमितको मृत्यु


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार ११:४३ 
  • पोखरा,२६ वैशाख। गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

    प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार मृत्यु हुने संक्रमितमा कास्कीका ६ जना, स्याङजा २, म्याग्दी, पर्वत र रुपन्देहीका एक-एक जना छन् ।

    कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा, पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    त्यस्तै, पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शनिबार मेडिप्लस अस्पताल, पोखरा १२ की ३५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

    निर्दशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय संक्रमितको शुक्रबार मृत्यु भएको छ । त्यस्तै, स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा र वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

    पर्वत, कुश्मा नगरपालिका १३ का ४२ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रमा मृत्यु भएको डा शर्माले जानकारी दिए । रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो ।

    योसँगै प्रदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ । प्रदेशभर बेशाखयतामात्रै ५४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.