सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा अक्सिजन बैंक स्थापना


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १२:१७ 
  • कास्की, २७ वैशाख : कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा अत्यावश्यक अक्सिजनको अभाव हुनथालेपछि पोखरामा अक्सिजन बैंक स्थापना गरिएको छ ।

    यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन ग्यासको अभावमा कोही पनि बिरामी उपचारबाट बञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुु¥याउने गरी काम शुरु गरिएको कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठले बताउनुभयो ।

    अटो मेकानिकल वर्कसपमा दुई हजार हाराहारीमा अक्सिजन सिलिण्डर रहेकाले ती सिलिण्डर अक्सिजन ग्यास उद्योगमा लगेर भरिने र आवश्यकताका आधारमा अस्पतालमा उपलव्ध गराउने उद्देश्यले अक्सिजन बैंक स्थापना गरिएको बताइन्छ । कार्यक्रममा प्रचार संयोजक अर्जुन खनालले आपतकालिन अवस्थामा कसैले पनि अनावश्यक अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रह गर्दै आफूहरुको अभियानमा साथ दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर लागि परेका छौँ, कोही कसैसँग अक्सिजन ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिन अपिल गरेका छौैँ ।”

    रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथले अक्सिजन बैंक स्थापनाको अभियान शुरु गरेका हुन् । गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखराका अस्पतालमा पछिल्लो समय अक्सिजनको माग बढ्दो छ । अक्सिजन प्लान्ट रहे पनि सिलिण्डर अभाव भएपछि स्थानीय प्रशासन, प्रहरी तथा जनप्रतिनिधि सिलिण्डर खोजीमा जुटेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.