सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड १९ बिशेष म्यागाजिनको विमोचन हुँदै


  •    न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १८:१६ 
  • चितवन, २७ वैशाख । केटीबी एड्भरटाईजिङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा लि चितवनद्वारा प्रकाशित कोभिड– १९ बिशेष “एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन हुने भएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुस्तकको विमोचन गर्नुहुने छ ।

    उक्त म्यागाजिनको विमोचन समारोह भरतपुरमा गर्ने तय भएपनि पनि कोरोनाको महामारी बढ्दै गएका कारण जारी भएको निषेधाज्ञाका कारण सृजना भएको असहज परिस्थितलाई ध्यानमा राखी भर्चुअल प्रविधिबाट विमोचन गर्न लागिएको प्रकाशक संस्था केटीबी एडभर्टाइजिङ्गले जनाएको छ ।

    “हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरिसकेका थियौं । मिति समेत तय गरिसकेको अवस्था थियो तर अकस्मात जारी भएको निषेधाज्ञाका कारण विमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गर्नु परेको हो” केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटाले भन्नुभयो ।

    उक्त विमोचन समारोह जुम भुर्चअल प्रविधिबाट मंगलबार बिहान ८ बजे शुरु हुने जनाइएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको र आमन्त्रित अतिथिहरुलाई जुम आईडी प्रदान गरी सहभागी गराइने पनि सापकोटाले बताउनुभयो । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन हुने उक्त कार्यक्रममा दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको विमोचन गर्नुहुनेछ ।

    म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाई बीच म्यागाजिनको विमोचन गर्न लागिएको बताउनुभयो । गतसालबाट शुरु भएको महामारीले विभिन्न व्यवसाय , विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको बिषयमा म्यागाजिन केन्द्रीत भएको अधिकारीले जानकारी दिनुभयो । “यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं । यी विषय अहिले झन सान्दर्भिक बन्दै गएको छ” अधिकारीले भन्नुभयो ।

    म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति , संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा,उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ ।

    कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय , मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.