चितवन सेरोफेरो
चितवन, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १७ गतेसम्मका लागि लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञा असार १७ गतेसम्मलाई निरन्तरता दिनुभएको हो । ...
वाग्मती , ९ असार । मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको...
चितवन, ९ असार । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न...
धनुषा, ९ असार । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल रु १९...
झापा, ९ असार । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन...
भरतपुर । यहाँको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो । वडा नं २ को लदरी...
चितवन ९ असार । जिल्लामा पछिल्लो समयमा आफ्नो जन्मदिनको अबसरमा रक्तदान गर्ने प्रचलन वढ्दै गएको छ । यसै क्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज आफ्नो ४२ औं जन्मदिनको अवसरमा उहाँले रक्तदान गर्नु भएको हो । ५० औं...
नवलपरासी ः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी...
काठमाडौंः नेपालमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले विदेशमा उत्पादन–अध्ययन–परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले गरेको...
वाग्मती, ८ असार । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ । ती बालबालिकाहरुमा...














