सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापति श्रेष्ठले जन्मदिन रक्तदान गरी मनाउँदै


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार ०८:५७ 
  • चितवन ९ असार । जिल्लामा पछिल्लो समयमा आफ्नो जन्मदिनको अबसरमा रक्तदान गर्ने प्रचलन वढ्दै गएको छ । यसै क्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज आफ्नो ४२ औं जन्मदिनको अवसरमा उहाँले रक्तदान गर्नु भएको हो । ५० औं पटक रक्तदान गर्नुभएका श्रेष्ठले जन्मदिनको अवसरमा केही नयाँ सोचका साथ काम गर्नु पर्ने भन्दै रक्तदान गर्दै आएको बताउनुभयो ।
    बिद्यार्थी राजनीति संगै जन्मदिनमा रक्तदान गर्दै आउनु भएका श्रेष्ठले रक्तदान गर्दा रगत लाने बिरामीलाई सहयोग पुगोस भन्ने उद्धेश्यले बिरामीको आफन्तले तिर्दै आएको रु ८ सय ५० पनि आँफैले तिर्नु भएको छ । रक्तदान गर्दा बिरामीको आफन्तले तिर्नु पर्ने रगतको पौसा समेत नियमित रुपमा तिर्ने उहाँले घोषणा गर्नु भयो । उहाँले भन्नुभयो “रगतको अभावले कोही मर्नु नपरोस भनेर सबैले आफ्नो वर्षदिनमा रक्तदान गर्ने र बिरामीले रगतको पैसा तिर्नु नपरोस भनेर सो को पनि रक्तदातालेनै तिर्न आव्हान गर्दछु ।”
    पछिल्ला दिनमा जन्मदिनको अवसरमा रक्तदान गर्ने प्रचलन वढ्दै गएको क्षत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले वताउनुभयो । अहिले सम्म कतिले जन्मदिनको अवसरमा रक्तदान गरे भन्ने वास्तबिक तथ्याङ्क नभए पनि युवा बिद्यार्थीहरुले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्दै आएको उहाँको भनाई छ । जिल्लामा अहिले गतको माग वढ्दै गएको छ । अहिले दैनिक ८० युनिट रगतको माग भए पनि केन्द्रले ५० युनिट मात्र उपलव्ध गराउन सकेको उहाँले जानकारी दिनुभयो ।
    आबश्यक अन्य रगत भने बिरामीका आफन्त र स्वयम सेवी रक्तदाताबाट पुर्याउँदै आएको उहाँले जानकारी दिनुभयो ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.