सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १२:१७ 
  • चितवन, ९ असार । कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो ।

    विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला बन्दैछन् । जहाँ पोषणको विश्लेषण (एनलाइसिस), खाद्य सुरक्षा, विषादीको अवशेष पहिचान, आणविक निधान (मोलिकुलर डाईग्नोसिस), खोप उत्पादन र तन्तु उत्पादन सम्बन्धी प्रयोगशाला निर्माण गरिँदै छ । श्रेष्ठले भन्नुभयो, “यस किसिमको अत्याधुनिक प्रयोगशाला नेपालको पहिलो हुनेछ ।” हरेक युनिटमा वैज्ञानिकसहित जनशक्ति रहनेछन् ।

    प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु ११ करोड २० लाख र विश्वविद्यालयले रु ३ करोड ९२ लाख लगानी गर्ने छ । प्रयोगशाला निर्माणका लागि बोलपत्र आह्वान गरिसकिएको छ । तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । नेपालमै खोप निर्माण गर्ने, भ्रुणको उत्पादन गर्ने, तन्तु प्रजनन्बाट उत्पादित बेर्ना रोगमुक्त हुने भएकाले यो प्रयोगशाला कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने उहाँको भनाइ छ । यसलाई विश्व विद्यालयले ‘इण्ट्रोगेटिभ रिसर्च ल्यावरोटरी’ नाम दिएको छ ।

    यसले प्रयोगशालाको अभावको कारण अहिले कृषिकर्मीले भोग्नु परेका समस्यालाई धेरै हदसम्म समाधान गर्ने छ । १० वर्ष अघि कृषि र वन विज्ञानको पठनपाठन, अध्ययन अनुसन्धान र प्रसारको उद्देश्यसहित स्थापित विश्वविद्यालयले अनुसन्धानमूलक कामलाई विशेष प्राथमिकतामा राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.