सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती समाचार : सडक बालबालिकाको उद्धार


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १५:०३ 
  • वाग्मती, ८ असार । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ ।

    ती बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन् । बालबालिकाकाका अभिभावकहरुलाई अविलम्ब सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।

    सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे

    मकवानपुर जिल्लामा कोभिड–१९ सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे रहेको पाइएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार जिल्लामा ८९ कोरोना सङ्क्रमित थपिदा ९७ जना कोरोना मुक्त भएका छन् ।

    स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना सङ्क्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेकामा सोमबार मात्र ९७ जना सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमण मुक्त हुने ९७ सहित जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको सङ्ख्या नौ हजार २२३ पुगेको छ ।

    किरियापुत्री भवनको निर्माण गर्न सहयोग

    वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिका–७, नवज्योति टोलमा निर्माणाधीन किरियापुत्री भवनको निर्माण कार्य पूरा गर्न सोही वडाका अध्यक्ष राजन थापाले रु ६० हजार सहयोग गर्नुभएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा उपभोक्ता समूहमार्फत निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि वडाध्यक्ष थापाले वनदेवी राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष राजीप्रसाद ढकाललाई सहयोग रकम उपलब्ध गराउनुभएको हो ।

    प्रदेश सरकारको रु १५ लाख सहयोग तथा उपभोक्ताको रु तीन लाखको श्रमदानमा किरियापुत्री भवन निर्माण भइरहेको छ । तीन वटा कोठा, एक कोठा बराबरको बरण्डा र शौचालयसहितको किरियापुत्री भवनको निर्माण कार्य दुई साताभित्र पूरा हुने वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

    अक्सिजन कन्सट्रेटर सहयोग

    वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रालिले मकवानपुरका दुई स्थानीय तहलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । यस सर्भिसेसले एक्सपर्ट फाउण्डेशनमार्फत कैलाश र मकवानपुरगढी गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो ।

    एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई १० लिटर क्षमताको सो अक्सिजन कन्सट्रेटर सोमबार हस्तान्तरण गर्नुभयो । अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसँग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । अर्का अध्यक्ष हुमागाईँले गाउँपालिकाभित्र २०० भन्दा बढी कोरोना सङ्क्रमित फेला परिसकेकाले अक्सिजनको आवश्यकता अझै उत्तिकै रहेको बताउनुभयो ।

    एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सुगम क्षेत्रमा भन्दा पनि दुर्गम क्षेत्रका जनताले सहज रुपमा अक्सिजन पाउन समस्या झेल्नु पर्ने गरेकाले अक्सिजन कन्सट्रेटर सहयोग गरिएको बताउनुभयो । यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.