चितवन सेरोफेरो

धानको बीमा गर्दै चितवनका किसान
-न्युजभित्तो

चितवन,असार १४- जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने...

चितवनका अधिकांश स्थानीय तहका उम्मेदवारले डेढ महिनासम्म पनि बुझाएनन् चुनावी खर्च विवरण
-न्युजभित्तो

चितवन, असार १४- चितवनका स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् । चितवनमा रहेका सात स्थानीयतहको विभिन्न पदमा उम्मेदवार बनेका मध्ये जम्मा ३२८ जनाले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी...

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आयो
-न्युजभित्तो

चितवन,असार १४।  चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी...

एमालेको समग्र ध्यान संघ र प्रदेशको निर्वाचनमा केन्द्रित छः उपमहासचिव ज्ञवाली
-न्युजभित्तो

चितवन,असार १४- नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको र...

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध
-न्युजभित्तो

चितवन, असार १४- ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मंगलबार बिहानैदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित...

चितवनमा उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी
-न्युजभित्तो

चितवन,१४ असार – उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो...

आजबाट तीन दिन मनसुन थप सक्रिय हुने,देशका विभिन्न क्षेत्रमा भारी वर्षा
-न्युजभित्तो

चितवन,असार १४- आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै...

भरतपुरमा मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु, सात प्रदेशका ३०० खेलाडी सहभागी
-न्युजभित्तो

चितवन, असार १३- भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०७९ सुरु भएको छ । आज उद्घाटन भएको प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी भएका आयोजक राष्ट्रिय तेक्वान्दो संघ चितवनले जनाएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला र पुरुषको...

भरतपुरमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम सुरु
-न्युजभित्तो

चितवन,१३ असार– भरतपुरमा विपद व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ । बर्खा सुरु भएसँगै सम्भावित विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि आज (सोमबार) बाट तालिम सुरु भएको हो । सशस्त्र प्रहरी बल, गढिमाइ बाहिनी मुख्यालय र १७ नम्बर...

चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रमा ४९६ बच्चा कोरलिए
-न्युजभित्तो

चितवन,१३ असार – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा...