सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत प्राधिकरण भरतपुर, कुटपिटमा संलग्नलाई छाड्न माग गर्दै सेवा ठप्प पारे


  •    न्युजभित्तो/३ श्रावण २०७९, मंगलवार १२:१९ 
  • चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नागरिकलाई सास्ती दिने काम गरेको छ । पत्रकार कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाव दिन प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् ।

    उनीहरुले सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिई नाराबाजीमा उत्रिएका छन् । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कर्मचारीलाई छोड्न दवाब दिने उद्देश्यले कर्मचारीहरुले पेन डाउन गर्दै प्रदर्शनमा उत्रिएका हुन् । कर्मचारीहरुले पक्राउ परेकाहरुलाई नछोडे ब्ल्याक आउट गर्नेसम्मका धम्की दिएका थिए ।

    नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् ।

    सोही घटनामा आचार्यले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंहसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए । पक्राउ पूर्जी जारी भएपछि प्रमुख सिंह फरार भएका थिए । उनलाई गयराति प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका छन् ।

    पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।
    घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.