सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत प्राधिकरण भरतपुर, कुटपिटमा संलग्नलाई छाड्न माग गर्दै सेवा ठप्प पारे


  •    न्युजभित्तो/३ श्रावण २०७९, मंगलवार १२:१९ 
  • चितवन, साउन ३। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले नागरिकलाई सास्ती दिने काम गरेको छ । पत्रकार कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाव दिन प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् ।

    उनीहरुले सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिई नाराबाजीमा उत्रिएका छन् । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कर्मचारीलाई छोड्न दवाब दिने उद्देश्यले कर्मचारीहरुले पेन डाउन गर्दै प्रदर्शनमा उत्रिएका हुन् । कर्मचारीहरुले पक्राउ परेकाहरुलाई नछोडे ब्ल्याक आउट गर्नेसम्मका धम्की दिएका थिए ।

    नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् ।

    सोही घटनामा आचार्यले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंहसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए । पक्राउ पूर्जी जारी भएपछि प्रमुख सिंह फरार भएका थिए । उनलाई गयराति प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका छन् ।

    पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।
    घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.