सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व भरतपुरका कर्मचारीहरुको धम्कीः कुटपिटमा संलग्न कर्मचारी नछाडे ब्ल्याक आउट गर्छौ


  •    न्युजभित्तो/२ श्रावण २०७९, सोमबार १५:५८ 
  • चितवन, साउन २। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले पत्रकार कुटपिटको घटनामा संलग्न कर्मचारीहरुलाई रिहा नगरे ब्ल्याक आउट गर्ने धम्की दिएका छन् ।

    आज (सोमबार) आफूलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका प्रतिनिधिहरुसंग प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत कार्यालयका कर्मचारीहरुबाट ब्ल्याक आउट गर्ने धम्की आएको बताए । प्रजिअ तामाङले भने–‘विद्युत् प्राधिकरणका कर्मचारीहरूले आफूलाई फोन गरेर पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने धम्कीसमेत दिएका छन् ।’

    उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेसमेत फोन गरेर ‘कर्मचारीहरूलाई थुन्दा समस्या पर्न सक्छ है’ भनेको बताएका छन्। असार ३१ गते प्राधिकरण पुगेका पत्रकार कृष्ण आचार्यले कार्यालयभित्रै मदिरासहितको भोज गरिरहेको तस्वीर खिचेपछि कर्मचारीहरूले उनलाई लछारपछार गर्दै लखेटेका थिए। उनीहरूले आचार्यका दुईवटा मोबाइल सेट पनि नियन्त्रणमा लिएका थिए।

    सोही घटनामा आचार्यले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंहसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएका छन् । पक्राउ पूर्जी जारी भएपछि प्रमुख सिंह फरार भएका छन् । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।

    पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।
    नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् । घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । पत्रकार आचार्य प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.