सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको पत्रकार कुट्ने विद्युतका हाकिमसहित ८ जनाविरुद्ध मुद्धा दर्ता


  •    न्युजभित्तो/१ श्रावण २०७९, आईतवार १७:०३ 
  • चितवन,१ श्रावण।  पत्रकारलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता भएको छ ।

    चितवन सञ्चालित नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई कुटपिट गर्ने आठ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा अभद्र व्यवहार मुद्धा दर्ता भएको हो । आज (आइतबार) दिउँसो आचार्यले दिएका ८ जनाविरुद्धको मुद्धा दर्ता भएको चितवनका प्रहरी प्रवक्ता, डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    उनीहरु मध्ये सात जना पक्राउ परिसकेका छन् । कार्यालयका प्रमुख सिंह भने पक्राउ पर्न बाँकी छ । पक्राउ पर्नेहरुमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।

    आचार्यमाथि शुक्रबार विद्युत कार्यालय परिसरमै आक्रमण भएको थियो । प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको खबर पाएपछि पत्रकार आचार्य सोही बिषयमा रिपोर्टिङ लागि गएका आचार्यलाई उनीहरुले कुटपिट गरेका हुन् ।

    कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भएका थिए । आचार्य प्रेस चौतारी नेपाल चितवन शाखा उपाध्यक्ष समेत हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.