सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको पत्रकार कुट्ने विद्युतका हाकिमसहित ८ जनाविरुद्ध मुद्धा दर्ता


  •    न्युजभित्तो/१ श्रावण २०७९, आईतवार १७:०३ 
  • चितवन,१ श्रावण।  पत्रकारलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता भएको छ ।

    चितवन सञ्चालित नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई कुटपिट गर्ने आठ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा अभद्र व्यवहार मुद्धा दर्ता भएको हो । आज (आइतबार) दिउँसो आचार्यले दिएका ८ जनाविरुद्धको मुद्धा दर्ता भएको चितवनका प्रहरी प्रवक्ता, डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

    उनीहरु मध्ये सात जना पक्राउ परिसकेका छन् । कार्यालयका प्रमुख सिंह भने पक्राउ पर्न बाँकी छ । पक्राउ पर्नेहरुमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।

    आचार्यमाथि शुक्रबार विद्युत कार्यालय परिसरमै आक्रमण भएको थियो । प्राधिकरणका कर्मचारीहरु कार्यालय भित्रै मदिरा पिएर बसेको खबर पाएपछि पत्रकार आचार्य सोही बिषयमा रिपोर्टिङ लागि गएका आचार्यलाई उनीहरुले कुटपिट गरेका हुन् ।

    कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खाल नाघेर भागेर ज्यान जोगाउन सफल भएका थिए । आचार्य प्रेस चौतारी नेपाल चितवन शाखा उपाध्यक्ष समेत हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.