चितवन सेरोफेरो

नवलपरासी १ बाट विनोद चौधरीले चुनाव लड्ने
-न्युजभित्तो

नवलपरासी,असोज २३। अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।२०७० को संविधान सभा चुनावमा नेकपा...

झन्डै छ वर्षमा पनि सकिएन भरतपुरको चार किमी सडक निर्माण
-न्युजभित्तो

भरतपुर, असोज २३। झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको...

चितवनमा मनोनयन दर्ताका लागि दलहरुलाई समय तोकियो, कुन दलको पालो कुन समयमा ?
-न्युजभित्तो

चितवन, २२ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताको लागि छुट्टाछुट्टै समय दिएको छ । मुख्य दलहरुलाई दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको लागि समय दिएको हो । कार्यालयका अनुसार आइतबार विहान १०ः३० नेपाल मजदुर किसान...

नारायणगढ–मुग्लिन खण्डको घुमाउनेमा कार अनियन्त्रित भई त्रिशुलीमा खस्यो
-न्युजभित्तो

चितवन, असोज १७। नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । आज बिहान करिब ८ बजेको समयमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी मुग्लिनले...

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने
-न्युजभित्तो

चितवन,१७ आश्विन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दसैंमा विद्युत अवरुद्ध हुन नदिने गरी सेवा दिने भएको छ । विद्युत कार्यालय भरतपुरले दसैंको बेलामा पनि इन्जिनियर तथा अन्य प्राविधिकहरुलाई २४ सै घण्टा ड्युटीमा खटाउने भएको हो । दसैंमा विद्युत सेवा...

चितवनमा ५ हजार १४४ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु
-न्युजभित्तो

चितवन, असोज १७। चितवनमा पछिल्लो केहि हप्ता यता डेंगुका संक्रमित थपिने क्रम बढेको छ । चितवनमा जिल्ला बाहिरबाट आउने विरामीमा समेत धमाधम डेंगु पुष्टि हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन्...

प्रचण्डको घर चितवनमा, दशैँको टिका काठमाडौँमै लगाउने
-न्युजभित्तो

चितवन, असोज १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन हो । केहि दिनअघि मात्रै भरतपुर–१४ शिवनगरस्थित नयाँ घरमा प्रचण्ड गृह प्रवेश गरेका थिए । गृह प्रवेशका गर्ने बेलामा पत्नी सिता दाहाललाई पनि प्रचण्डलेसंगै ल्याएका...

कोभिडले सुनसान बनाएको सौराहाको पूर्व अवस्थामा फर्कन सकेन
-न्युजभित्तो

चितवन, असोज १६। दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष...

चितवनका अस्पतालले दशैं बिदामा सेवा बन्द गरेपनि आकस्मिक सेवाबाट बिरामीको उपचार गर्ने
-न्युजभित्तो

चितवन, असोज १६ । दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् । प्रायः अस्पतालले बहिरङ्गबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंका टिकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन्...

चितवनमा सञ्चालित सुपथ मूल्य पसल : चिनी नहुँदा रित्तो हात फर्किन वाध्य उपभोक्ता
-न्युजभित्तो

चितवन,१६ आश्विन। चाडपर्वमा सामान्यतया चिनीको माग बढी हुन्छ । दसैं, तिहार र छठ जस्ता चाडपर्वको समयमा सबैको घरमा चिनी प्रयोग हुने परिकार बढी पाक्ने गर्छ । तर यिनै चाडपर्व लक्षित सुपथ मूल्य पसलमा भने चिनी नै छैन । साल्ट ट्रेडिङ...