सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका उपमेयर बालुवा उद्योग निरीक्षणमा


  •    न्युजभित्तो/२८ कार्तिक २०७९, सोमबार १६:४७ 
  • चितवन,२८  कात्तिक । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–२९ भोर्लेमा रहेको महानगर बालुवा उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
    महानगर बालुवा उद्योग नविकरण बिना सञ्चालनमा आएको भन्दै उपप्रमुख अधिकारीले बन्द गर्न निर्देशन दिनु भएको हो ।अधिकारीले भन्नुभयो, ‘ फिल्डमा आएर हेर्दा नविकरण नभई सञ्चालन भएको हामीले जानकारी पायौं । अनि तत्काल बन्द गर्न निर्देशन दिइएको हो ।सम्बन्धित उद्योग धनीलाई तत्काल प्रक्रिया पु¥याएर महानगरमा नविकरण गर्न आउन निर्देशन दिइएको छ ।’

    महानगर हाता भित्र रहेका कुनै पनि उद्योग तथा कलकारखाना बिना दर्ता र नविकरण नगरी कसैले पनि सञ्चालन गर्न नपाउने भन्दै उहाँले राजस्व छल्ने अधिकार कसैलाइ पनि नभएको प्रष्ट पार्नु भयो । ‘उक्त उद्योगको म्याद गत कात्तिक ११ गते नै सकिएको हो । महानगरले उक्त उद्योगलाइ १५ दिने सूचना जारी गरी नविकरण गर्न आउनु भनी परिपत्र समेत गरिसकेको छ’, राजस्व शाखा प्रमुख जिबलाल कुँबरले भन्नू भयो,‘गत कात्तिक १६ गते हामीले १५ दिने सूचना जारी गरी नविकरण गर्न आउन भनिसकेका छौ, ३१ गते कार्यालय समय भित्र पनि नविनरण गर्न नआएमा वा अटेर गरेमा महानगर प्रचलित ऐन अनुसार कारबाही गर्छौं’, कुँवरले भन्नुभयो ।

    उपप्रमुखसँगको अनुगमनमा भरतपुर २९ का वडा अध्यक्ष सूर्यबहादुर गुरुङ, भरतपुर महानगरका सिनियर डिभिजन इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी, बातावरण शाखा प्रमुख इञ्जिनियर बिराट घिमिरे, राजस्व शाखा प्रमुख जिवलाल कुँबर, इञ्जिनियर विकल पण्डितलगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे । त्यसैगरी, अनुगमन टोलीले गाइघाट,दास ढुङगा ( दास खोला) लगायतका विभिन्न क्षेत्रमा रहेका उद्योगहरुको निरीक्षण समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.