सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डप्रति ओलीको कटाक्षः राम-लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए,चितवन छाडेर हिँडे


  •    न्युजभित्तो/२८ कार्तिक २०७९, सोमबार १६:३९ 
  • चितवन,कात्तिक २८। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै मुर्ती बनाएर पठाएका थिए।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले उक्त अभिव्यक्ति दिएका हुन्।

    ‘मैले राम–लक्ष्मण जन्मिएको, बसेको, खेलेको र राज गरेको ठाउँमा राम जन्मभूमि ल्याउँदा एकजना यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए, लखेट्ने भयो भने’, उनले भने, ‘मलाई थाहा थियो, एमालेसँग दुष्मनी गर्ने पनि सकिन्छन्, राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्ने पनि सिद्धिन्छन्।’माओवादी अध्यक्ष प्रचण्डले योपटकको चुनावमा गृहजिल्ला चितवन छोडेर गोरखा– २ बाट उम्मेदवारी दिएका छन्। यसलाई ओलीले भागेको संज्ञा दिने गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.