सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनावी सभालाई सम्बोधन गर्न ओली आज चितवन आउँदै


  •    न्युजभित्तो/२८ कार्तिक २०७९, सोमबार ११:२२ 
  • चितवन, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् ।

    गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि र्‍याली निस्कने उनले बताए । उनका अनुसार केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट र्‍याली निस्कने छ ।

    एमाले अध्यक्ष ओली आज साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उनले जानकारी दिए । आज नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन् । आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.