चितवन सेरोफेरो

अब सरर केबलकारमै मौलाकालिका,तीन महिनाभित्र चढ्न पाइने
-न्युजभित्तो

नवलपुर, ४ पुस ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।...

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन
-न्युजभित्तो

चितवन,४ पुस।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले...

चितवनमा वैदेशिक रोजगारीका लागी दैनिक ४० जनाको श्रम स्वीकृति, गत वर्ष ३५ श्रमिकको मृत्यु
-न्युजभित्तो

चितवन,३ पुस ।  चितवनमा रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म चितवनबाट तीन हजार ६५५ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन् । जस मध्ये श्रम स्वीकृत...

चितवनमा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु
-न्युजभित्तो

चितवन,३ पुस । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएका १७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा...

तनहुँको आँबुखैरेनीमा सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध
-न्युजभित्तो

चितवन, ३ पुस। आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान सडक चौडा गर्ने क्रममा पुलनजिकसडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ...

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
-न्युजभित्तो

भरतपुर,३ पुस ।  चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ...

  चितवनमा लागुऔषधको दुर्व्यसनीमा फस्नेको संख्या बढ्दै
-न्युजभित्तो

चितवन,३ पुस ।  चितवनमा लागुऔषधको दुर्व्यसनीमा फस्नेको संख्या बढ्दै गएको छ। बढ्दो सहरीकरणका कारण जिल्ला प्रहरी कार्यालयमा आउने लागुऔषध सम्बन्धि उजुरीको संख्या बर्षेनी बढ्दै गएको छ। विगत तीन वर्षको तुलना गर्दा जिल्लामा लागुऔषधको प्रयोग बढेको पाइएको छ। आर्थिक वर्ष...

भरतपुरको अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, ३ पुस । चितवनको भरतपुर महानगरपालिका वडा नं. २८ अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शनिबार राति ८ः३० बजेको समयमा आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको...

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून
-न्युजभित्तो

चितवन, २ पुस । न्यून लागत मूल्यमा पाईने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । मानिसलाई चाहिने धेरै किसिमका भिटामिन र प्रोटिन पाईने अण्डा अन्य खाजाभन्दा सस्तो पर्छ भन्ने पनि कमैलाई थाहा छ । बिरामीका लागि...

खिचरा, चितवन र खैरहनी महोत्सव एउटै समयमा
-न्युजभित्तो

चितवन, २ पुस । चितवनमा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव...