सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु


  •    न्युजभित्तो/३ पुष २०७९, आईतवार १५:४७ 
  • चितवन,३ पुस । चितवनमा चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीका अनुसार गत साउनदेखि अहिलेसम्म भएका १७२ दुर्घटनामा ४० जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा ३३ पुरुष, पाँच महिला, एक बालक र एक बालिका रहेका छन् । ९१ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको प्रमुख अधिकारीले बताए । दुर्घटनामा २४४ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १३५ तीव्र गतिमा सवारी चलाउने रहेका छन् । यस्तै ट्रक र ट्याङ्कर ३१, डेलिभरी भ्यान, जिप र कार ३४, माइक्रो ६, टेम्पो अटो रिक्सा ८, बस १५ , ट्याक्टर ३, साइकल ५२, ट्रिपर ४ र अन्य ७ दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यात्रुको गल्तीबाट ५, ओभर टेकबाट दुईवटा, सडकको अवस्थाका कारण ७, मापसेबाट ६ वटा दुर्घटना भए भने चालकको लापारवाहीको कारणबाट भएका दुर्घटना ३ रहेका छन् । यी दुर्घटनाहरुमा १६ हजार १८७ सवारीसाधनलाई कारवाही गरी एक करोड ३९ लाख ९०हजार राजश्व संकलन गरेको छ । अधिकारीका अनुसार दुर्घटनामा पर्नेमा १६ देखि २५वर्ष, २५ देखि ४० र ४० माथि उमेर समूहका रहेका छन् । पछिल्लो समय सडक साँघुरो हुँदै जानु र सवारीको चाप बढ्दै जानुले पनि दुर्घटना बढाएको अधिकारीले बताए । उनले भने, ‘तीव्र गतिमा सवारी चलाउने युवा पुस्ता बढी भएकाले तीव्र गतिमा दौडने मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ । ’

    गत आर्थिक वर्ष २०७८\०७९मा सवारी दुर्घटनामा परी १४० को मृत्यु भएको छ । ८१० दुर्घटनामा १४० को मृत्यभएको हो । जसमा मृत्यु हुनेमा १०६पुरुष, २२ महिला, १२ बालबालिका रहेका छन् । २६५ गम्भीर घाइते र ७०६ सामान्य घाइते भएको अधिकारीले बताए । यसमा ७३९ मापसे सेवन गरेर सवारी चलाउने, ७८ तीव्र गतिमा, सात हजार ३२९ कागजपत्र साथम नबोकेका, चार हजार ३२९ लाइसेन्स नभएका र एक हजार ४०० सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारी रहेको उनले बताए । जसमा ४१० मोटरसाइकल, ११२ कार, ९७ बस, ११२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधनबाट दुर्घटना भएको उनले बताए । गत आवमा ३३ हजार ७२८ सवारीसाधनलाई कारबाही गरी तीन करोड एक लाख ५४ हजार ५०० राजश्व संकलन गरेको थियो ।

    उनले भने, ‘सवारीसाधनको गति सिमित पार्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनाको बारेमा स्कुलहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने, सवारीको यान्त्रिक परीक्षण गर्ने, चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेटलगायत कार्यक्रमगर्दै आएका छौं ।’ तीव्र गतिमा सवारीसाधन गुडाउनेलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । उनले सवारीचालक अनुमतिपत्र नभएका चालकले सवारीसाधन गुडाउँदा समेत दुर्घटना बढ्ने बताए । चितवनहुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम महेन्द्र राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक गएका छन् । धेरै जसो दुर्घटनामा महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा हुँदै आएका छन् । चितवनमा राजमार्ग क्षेत्र ९३ किलोमिटर छ । यसबाहेक अन्य सडक २१ सय ८३ किलोमिटर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.