सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून


  •    न्युजभित्तो/२ पुष २०७९, शनिबार १२:१३ 
  • चितवन, २ पुस । न्यून लागत मूल्यमा पाईने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । मानिसलाई चाहिने धेरै किसिमका भिटामिन र प्रोटिन पाईने अण्डा अन्य खाजाभन्दा सस्तो पर्छ भन्ने पनि कमैलाई थाहा छ । बिरामीका लागि पनि अण्डा उत्तीकै महत्वपूर्ण छ ।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डायटरी युनिटका फुड एण्ड न्यूट्रिसन अफिसर शिलु श्रेष्ठको भनाईमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्वहरू पाइन्छ । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाईने बताउँदै उहाँले भन्नुभयो “गेडागुडी, माछामासुमा पाइने प्रोटिन भन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय प्रोटिन हो ।” अण्डाको प्रोटिन आमाको दूधमा पाइने प्रोटिन भन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उहाँको भनाई छ ।

    “हाम्रो शरीरलाई चाहिने सबै किसिमका आवश्यक एमिनो एसिड अण्डामा पाइने भएकोले अण्डालाई पूर्ण प्रोटिन पनि भनिन्छ ।” उहाँले थप्नुभयो “अण्डाको प्रोटिनले शरीरको वृद्धि विकास गर्न, शरीरमा भएका घाउहरु निको पार्न, विभिन्न किसिमका रोगहरुसँग लड्ने दक्षता बढाउन, शरीरमा प्रांसपेसीहरु निर्माण गर्न आदि मद्दत गर्दछ ।”

    एउटा अण्डामा लगभग ७७ कि. क्यालोरी, ६ ग्राम प्रोटिन, ५ ग्राम फ्याट, भिटामिन ए, डि, ई, बि१२ पाउनुका साथै विभिन्न खनिजा पदार्थहरू पाईने श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार अण्डाको सेतो तथा पहेला दुबै भागमा प्रचुर मात्रामा पौष्टिक तत्वहरू पाइने भएकोले हाम्रो शरीरको लागि सेतो तथा पहेंलो दुबै भाग महत्वपूर्ण हुन्छ । अण्डाको सेतो भागमा अण्डामा पाइने सम्पूर्ण प्रोटिनको आधा भन्दा बढी प्रोटिन पाइनुका साथै अरु खनिज पदार्थहरू जस्तै, क्यालिसियम, म्याग्नेसियम, पोटासियम, सेलेनियम, सोडियम, सल्फर, जिंक आदि पाईने उहाँको भनाई छ ।

    अण्डाको पहेँलो भागमा पाइने चिल्लोमा धेरै भात्रामा ओमेगा थ्री फ्याटी एसिड (राम्रो चिल्लो) र थोरै मात्रामा नराम्रो चिल्लो (स्याचुरेटेड फ्याट) पाइने उहाँको भनाई छ । अण्डामा प्रशस्त मात्रामा पौष्टिक तत्वहरू, भिटामिनहरू, मिनरल्स, उच्च गुणस्तरको प्रोटिन, फ्याट पाइनुका साथै अण्डा खाए पछि तुरुन्त भोक नलाग्ने भएकोले वजन कम गर्न चाहाने मानिसहरूका लागि अण्डा खान फाइदाजनक हुने श्रेष्ठ बताउनुहुन्छ । उहाँले अगाडि थप्नुभयो “अण्डा बच्चाहरु, बुढाबुढी, गर्भवती महिला, दुध खुवाउने आमा, क्यान्सर तथा बिभिन्न रोगका बिरामीहरू सबैका लागि एकदम आवश्यक हुन्छ ।”

    एउटा स्वस्थ्य मानिसले दैनिक एक देखि दुई वटा अण्डा खान ठिक मानिने बताउँदै उहाँले धेरै प्रोटिन चाहिने मानिसहरुले थप १–२ गोटा अण्डाको सेतो भाग खान सक्ने सुझाव दिनुभयो । मुटुको रोग, मधुमेह, उच्च कोलेस्टेरोलको समस्या नभएका क्यान्सरका विरामीहरू तथा अन्य रोगका विरामीहरूका लागि शल्यक्रिया गरेका घाउहरू चाँडो निको पार्न, शरीरमा रगतको मात्रा बढाउन, शरीरमा मांसपेशीहरु बढाउन, रोगसँग लड्ने क्षमता बढाउन आदिको लागि दिनको एक दुई पूरा अण्डा खान फाइदाजनक हुने उहाँ बताउनुहुनुन्छ । उहाँले भन्नुभयो “बढी प्रोटिन चाहिने बिरामीहरुले थप अण्डाको सेतो भाग खान सक्छन् । मधुमेह, मुटुका रोगी तथा उच्च कोलेस्टेरोल भएका विरामीहरुले हप्तामा ३–४ वटा पुरा, अण्डा खान सक्छन् भने अण्डाको सेतो भाग शरीरको आवश्यकता अनुसार दिनहँु खान सक्छन् ।”

    फिजिसियन डा महेन्द्र अग्रहरी प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउनुहुन्छ । अण्डामा प्रोटिन, क्यालोरी र मिनिरल्स पाइने उहाँको भनाइ छ । यो अण्डाको सेतो भागमा धेरै पाइन्छ। पहेलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उहाँले बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेलो भाग खुवाउनुपर्ने बताउनुभयो । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उहाँको सुझाव छ ।

    मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा अग्रहरीको भनाइ छ । उहाँले भन्नुभयो “अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।” बयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उहाँको सुझाव छ ।

    शारीरिक विकास, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उहाँको भनाइ छ । मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम भएको बताउँदै उहाँले यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको बताउनुभयो ।

    विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा सुवीर सिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताउनुभयो । जापानमा यो दर तीन सय ६२ रहेको उहाँले जानकारी दिनुभयो ।

    नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट कम मूल्यमा पाईने स्वास्थ्यबद्र्धक अण्डाको महत्वको बारेमा आम नागरिकलाई जानकारी गराउन नसकिएको बताउनुहुन्छ । बालबालिकालाई खाजाको रुपमा ड्राईफुड प्रयोग भईरहेको भन्दै उहाँले आम नागरिकलाई जनचेतना जगाएर अण्डाको उपभोगलाई बढाउनु पर्ने बताउनुभयो ।

    नेपालमा अहिले एउटा अण्डा उत्पादन गर्न रु.१५ हाराहारी लागत खर्च हुने गरेको छ । किसानले बिक्री गर्ने मूल्य रु. १० हाराहारी छ । नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल बालबालिकालाई अस्वस्थ खाजा प्रयोग भईरहेको भन्दै राज्यले नै यस्ता कुरा निरुत्साहित गरेर अण्डाको उपभोग बढाउने नीति बनाउनु पर्ने बताउनुहुन्छ । बालबालिकादेखि बृद्धबृद्धासम्मका लागि अण्डा स्वस्थबद्र्धक हुने भए पनि नेपालमा खपत ज्यादै न्यून भएको बताउनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.