भरतपुरको अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
न्युजभित्तो/३ पुष २०७९, आईतवार ०८:२०
चितवन, ३ पुस । चितवनको भरतपुर महानगरपालिका वडा नं. २८ अन्द्रौलीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शनिबार राति ८ः३० बजेको समयमा आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।