सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा वैदेशिक रोजगारीका लागी दैनिक ४० जनाको श्रम स्वीकृति, गत वर्ष ३५ श्रमिकको मृत्यु


  •    न्युजभित्तो/३ पुष २०७९, आईतवार १६:५२ 
  • चितवन,३ पुस ।  चितवनमा रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म चितवनबाट तीन हजार ६५५ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन् ।
    जस मध्ये श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या ६०० रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ ।

    सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार भरतपुरमा भएको कार्यक्रममा हेल्भिटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेलले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा सामाजिक लान्छनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

    पौडेलका अनुसार नेपालमा वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएर आउनेको सख्या प्रतिदिन ३ जना रहेको छ । त्यस्तै एक हजार भन्दा बढी नेपाली युवाहरु दैनिक रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन । जस मध्ये ७४ प्रतिशत युवाहरु हचुवाको भरमा वैदेशिक रोजगारीमा जाने गरेको पनि पौडेलले जानकारी दिइन् ।

    आर्थिक बर्ष २०६४ देखि २०७८÷७९ सम्म वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या १० हजार ९३२ रहेको छ भने आर्थिक वर्ष २०७८÷७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या ३५ रहेको सामी कार्यक्रम चितवनका कार्यक्रम सयोजक सूर्य पौडेलले जानकारी दिए ।

    नेपालमा ५६ प्रतिशत भन्दा बढी घरधुरीमा विप्रेषण अर्थात रेमिट्यान्स पुगेको देखिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा १० खर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

    यसैगरी विश्व भरी साढे २८ करोड व्यक्तिहरु वैदेशिक रोजगारीमा आबद्ध रहेका छन । विज्ञहरुका अनुसार अर्थतन्त्रको ५७ प्रतिशत हिस्सा वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सले ओगटेको छ ।

    वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरु मध्ये ६० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सन् २०२२ को मे महिनामा सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार मध्ये ६० प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ । त्यसैगरी ५२ प्रतिशत श्रमिकको परिवार सगको भेट २ देखि ३ वर्षको अन्तरालमा र ८ प्रतिशतको भेट १० वर्षको अन्तरालमा हुने देखिन्छ ।

    कार्यक्रममा भरतपुर महानहर उपप्रमुख चित्रसेन अधिकारीले नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिनु बाध्यता भएको बताए । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ उपप्रमुखको भनाइ छ ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्योग तथा व्यवसाय क्षेत्रमा अपेक्षित प्रगति हुन नसक्दा रोजगारीको अवसर सिर्जना नभएकोले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवनमा उद्यमशिलताको वातावरण बनाउन सकिएन । विदेशमा सिप सिकेर फर्कनेहरुलाई पनि रोजगारीको अवसर दिन सकिएन । सरकारको ध्यान नै रेमिट्यान्स भित्र्याउँनेमा गयो । विदेश जाने श्रमिकलाई तालिम दिने खालका कार्यक्रमहरु चल्दा झनै वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्ने प्रकारको वातावरण बनिरहेको छ ।’ उनले कतिपय विदेशको चमकधमक फेसबुकमा देखेर पनि वैदेशिक रोजगारीमा आकर्षित भएको विचार राखे । उनले सरकारले देशमा उपयुक्त वातावरण बनाउन नसकेको आरोप लगाए । उनले भने, ‘ स्थापित उद्योगहरुले पनि सामान निर्यात गर्न सक्ने वातावरण बनेको छैन । सरकारको आर्थिक कूटनीति पनि कमजोर देखियो । ’ उनले अब उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर रोजगारीको अवसर सिर्जना नभएसम्म यो अवस्था नरहने विचार राखे ।

    डिसेम्बर १८ लाई विश्वले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउँदै आइरहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.