चितवन सेरोफेरो

चितवनमा चार सय बढीमा क्षयरोगको सङ्क्रमण
-न्युजभित्तो

चितवन, १४ माघ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ८१...

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी
-न्युजभित्तो

चितवन, १३ माघ । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।  गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको...

गैँडाको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

चितवन, १३ माघ । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला...

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
-न्युजभित्तो

चितवन, १२ माघ । भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा...

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना: एकभाग बाँकी
-न्युजभित्तो

चितवन, १२ माघ । चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको  दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो...

निर्वाचनको चहलपहलले अण्डाको माग र मूल्य बढ्यो
-न्युजभित्तो

चितवन, ११ माघ । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो...

चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
-न्युजभित्तो

चितवन, १० माघ ।   नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले “ऐतिहासिक भजन तथा शङ्ख ध्वनि प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ । युवा पुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक सँस्कार र साँस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित...

उत्साहित छन् नयाँ मतदाता
-न्युजभित्तो

चितवन, ९ माघ । दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहोल बन्दै गएको छ । उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन्भने दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका छन् ।...

साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार
-न्युजभित्तो

चितवन, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् । तिनिहरुमा नेकपा...

कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण
-न्युजभित्तो

चितवन, ८ माघ । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो । मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा...