चितवन सेरोफेरो

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल
-न्युजभित्तो

चितवन, २ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ ।  भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको...

समयमा काम गर्ने सगुन कन्स्ट्रक्सनका खड्का सम्मानित
-न्युजभित्तो

चितवन, २ माघ । धेरै निर्माण आयोजना निर्माण कम्पनीको ढिलासुस्तीले समयमा सम्पन्न हुन नसक्ने, ठेक्का सम्झौता गरेर फरार हुने जस्ता समस्या धेरै सुनिने गरेको समयमा यहाँ एक निर्माण व्यवसायी भने समयमै काम सम्पन्न गरेर सम्मानित हुनु भएको छ ।...

भरतपुर महानगरको अधुरो प्रशासनिक भवन उद्घाटन गर्न लागेकोमा रास्वपाद्वारा कडा आपत्ति, रोक्न चेतावनी
-न्युजभित्तो

चितवन, १ माघ । भरतपुर महानगरपालिकाले पूर्ण रूपमा निर्माण सम्पन्न नभएको प्रशासनिक भवनको हतार–हतार उद्घाटन गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिले गम्भीर आपत्ति जनाएको छ । पार्टीले यसलाई जनताको आँखामा छारो हाल्ने, राजनीतिक स्वार्थ पूर्तिका लागि...

लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
-न्युजभित्तो

चितवन, ३० पुस । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका...

कालिका पावर कम्पनीको आम्दानी बढ्यो
-न्युजभित्तो

चितवन, २९ पुस । कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१÷८२ मा सेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १५ दशमलव ९५ प्रतिशतले सेयर आम्दानी वृद्धि भएको हो । कम्पनीको १८औँ वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष सुरेन्द्र...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
-न्युजभित्तो

नारायणगढ (चितवन), २९ पुस । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट...

भरतपुर अस्पतालमा बिरामीको चाप
-न्युजभित्तो

चितवन, २९ पुस । गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् । अस्पतालका स्वास्थ्य बीमा...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
-न्युजभित्तो

नारायणगढ (चितवन), २९ पुस । खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६...

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लर्डसलाई
-न्युजभित्तो

चितवन, २९ पुस । यहाँस्थित  चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) भारतीय चेन होटल  लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप...

‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’
-न्युजभित्तो

चितवन, २८ पुस । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मुलुकमा विकसित भइरहेको वर्तमान अवस्थामा राजनीतिक निकासका लागि आसन्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ ।  निर्वाचन आयोगले आज यहाँ सुरु गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उहाँले प्रतिनिधिसभाका सबै...