सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार ११:२१ 
  • चितवन, २६ जेठः चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ ।

    चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ ।

    अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा डा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो । डा साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो ।

    कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डा साहले भन्नुभयो, “चिरफार नगरी आधुनिक ‘न्युरो इन्टरभेन्सनल’ प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राख्यौँ ।” यसलाई चिकित्सकीय भाषामा ‘फ्लो ड्रइभरटर’ भनिन्छ । उहाँले थप्नुभयो, “यस किसिमको समस्यालाई दुर्लभ मानिन्छ, एक हजारमा एक जनालाई यो समस्या देखिन्छ ।” यस्तो अवस्थामा जोखिमयुक्त ठाउँ बन्द गरी नसा जोगाउनुपर्ने उहाँले बताउनुभयो ।

    यस्तो जोखिमपूर्ण उपचार गर्न दक्ष जनशक्ति र आधुनिक उपकरण आवश्यक पर्ने अस्पतालको ‘क्याथल्याब इञ्चार्ज’ अमृत काफ्लेले बताउनुभयो । अस्पतालसँग ‘बिआई–प्लेन क्याथ ल्याब’ भएकै कारण यो उपचार सम्भव भएको उहाँको भनाइ छ । आइतबार शल्यक्रिया गरिएकी ती युवतीलाई सोमबार वार्डमा सारिएको र आज अवस्था हेरेर डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिनुभयो ।

    डा साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । उपचारका क्रममा नसा थप फुट्न सक्ने भएकाले निकै संवेदनशील ढङ्गबाट काम गर्नुपर्ने उहाँको भनाइ छ । डा साहले भन्नुभयो, “चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।”
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.