चितवन सेरोफेरो

अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्म: मुख्य आकर्षक गाई
-न्युजभित्तो

चितवन, २२ माघ । यही माघ २५ गतेदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई...

चितवन मेडिकल सिटीका रुपमा विकास
-न्युजभित्तो

चितवन, २२ माघ । कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन÷चार वटामा झरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा...

पूर्व माओवादी चितवनका युवा नेता अज्मिन ढकाल एमाले प्रवेश
-न्युजभित्तो

चितवन, २१ माघ । तत्कालीन नेकपा माओवादीका चितवनका युवा नेता अज्मिन ढकाल एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले) चितवनको पार्टी कार्यालयमा ढकाललाई एमाले केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल र एमाले चितवनका अध्यक्ष...

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
-न्युजभित्तो

चितवन, २१ माघ । जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख...

क्यान्सर दिवसमा सिएमसिमा निःशुल्क बहिरङ्ग सेवा
-न्युजभित्तो

चितवन, २१ माघ । विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) सुरु गरिएको छ । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा यही माघ १९ गतेदेखि २४ गतेसम्म बहिरङ्ग सेवा...

एक सय ३७ गोही प्रकृतिमा छाडियो
-न्युजभित्तो

चितवन, २० माघ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । ती गोही राप्ती नदीमा छाडिएको...

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन
-न्युजभित्तो

चितवन, २० माघ । यहाँको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो । नवज्योति मध्यवर्ती सामुदायिक...

बसको ठक्करबाट मृत्यु
-न्युजभित्तो

चितवन, २० माघ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।  गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो...

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’
-न्युजभित्तो

नारायणगढ (चितवन), १९ माघ । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा...

एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता
-न्युजभित्तो

चितवन, १९ माघ । चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् । आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन ।...