सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य


  •    न्युजभित्तो/२७ जेष्ठ २०८३, बुधबार ११:१९ 
  • चितवन, २७ जेठ । यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । 

    साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो । 

    पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् । समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् । भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताउनुहुन्छ । 

    जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो । 

    भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताउनुहुन्छ । 

    कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताउनुहुन्छ । यस वर्ष  चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.