सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १५:२१ 
  • चितवन, २६ जेठ । ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट  आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले रु १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले रु १.५६ मा बिक्री मूल्य तोकेको छ । सरसर्ती हेर्दा औषधि उत्पादकबाट उपभोक्तासम्म आइपुग्दाका बीचमा नाफा कति होला !

    भरतपुर अस्पतालले बोलपत्रबाट खरिद गर्दाको मूल्यमा २० प्रतिशत नाफा थप गरेर बिक्री गर्दा यो मूल्य आएको हो । यसरी हेर्दा भरतपुर अस्पतालले खरिद गरेको मूल्य र औषधिको एमआरपी (खुद्रा मूल्य) हेर्दा आठ गुणभन्दा बढी फरक परेको छ ।

    उक्त औषधि मात्रै होइन, प्रोस्टेटका बिरामीले प्रयोग गर्ने सिलोडोसिन ८ एमजीको बजार मूल्य रु ३५ प्रतिट्याबलेट पर्ने औषधि स्वास्थ्य बिमाले रु सात  तोकेको छ । अस्पतालले बिमाबाहेककालाई रु ७.१५ मा कोलेस्ट्रोलका लागि प्रयोग हुने रोजोभास्टिन २० एमजीको खुद्रा मूल्य रु ३८ छ भने स्वास्थ्य बिमाले रु ३.३८ र भरतपुर अस्पतालले त्यही औषधि रु १।७२ मा कलेजोका औषधि युविलिक ३०० एमजी बजार मूल्य रु ४० छ भने स्वास्थ्य बिमाले रु ४.०५ र भरतपुर अस्पतालले ११.२६ मा बिक्री गर्छ ।

    दम हुँदा तान्ने सेरिडिल २५० को रोटा क्यापको बजार मूल्य प्रतिबट्टा रु ६०८ छ भने स्वास्थ्य बिमाको रु ३२३.४० र भरतपुर अस्पतालको ३७७.९० रहेको छ । मधुमेहका बिरामीले खाने इन्फाग्लिप्टिन २५ एमजीको बजार मूल्य रु ३०, स्वास्थ्य बिमाको रु.१०.५० र भरतपुर अस्पतालको १६।९५ छ । 

    अर्का भिटामिन बि १२ का लागि प्रयोग हुने मिथायल कोवालामिन १५०० एमजिीको बजार मूल्य रु १९.८०, स्वास्थ्य बिमा बोर्डले रु २.७० र भरतपुर अस्पतालले रु १०.५३ मा बिक्री गर्दै आएको छ ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगाले बिमाको दररेटमा कतिपय औषधि बिक्री गर्न कठिन हुने बताउनुहुन्छ । बोलपत्रमार्फत खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा जोडेर हुने मूल्य वा बिमाले तोकेको मूल्य जुन सस्तो छ बिमाका बिरामीका लागि सोही आधारमा औषधि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

    बगालेले आफू आए लगत्तै खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नहुने गरी दररेट निर्धारण गरेको हुँदा कतिपय औषधिमा बिमाले तोकेकोभन्दा सस्तो दररेटमा  औषधि बिक्री गर्न कठिन हुने बताउनुभयो ।

    नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का महासचिव सन्तोष बराल बजार मूल्यको आधारभन्दा सस्तोमा औषधि बिक्री गर्दा नोक्सान हुने बताउनुहुन्छ ।

    औषधि उत्पादकले थोक बिक्रेतालाई र थोक बिक्रेताले खुद्रा बिक्रेतालाई औषधि बिक्री गर्दछन् ।  उत्पादक कम्पनीले धेरै मिहिनेत गर्ने हुँदा लागत मूल्य निकै कम हुने औषधिको बजार मूल्य धेरै महँगो हुने गरेको गुनासो आउने गर्दछ । यद्यपी औषधिको नियम र बजार मूल्य सरकारी निकायबाट तय हुने गर्दछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा
    ‘औषधिको गुणस्तरमा भिन्नता छैन’
    पोखरामा सुकुमवासी परिवारको जीवन बिमा
    • ‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित
    • रेग्मी व्यावसायिक मौरीपालनमा
    • बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
    • सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.