सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण


  •    न्युजभित्तो/२६ जेष्ठ २०८३, मंगलवार १२:३१ 
  • नारायणगढ (चितवन), २६ जेठ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

    कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताउनुभयो । “यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो । यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।”

    कार्यालय प्रमुख कँडेलका अनुसार नेक ब्लास्ट मुख्यतः बीउबाट सर्ने रोग हो । पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता क्रमशः कमजोर बन्दै जाने भएकाले सङ्क्रमणको जोखिम बढ्ने उहाँको भनाइ छ । “हर्दिनाथ–१ र चैते–५ किसानमाझ लोकप्रिय जात हुन्, तर यस वर्ष यिनै जातमा रोगको असर बढी देखिएको छ”, उहाँले भन्नुभयो ।

    चितवनमा हरेक वर्ष सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धानखेती हुँदै आएको छ । पछिल्ला वर्षमा हर्दिनाथ–१ मा नेक ब्लास्ट रोग देखिन थालेपछि किसानले विकल्पका रूपमा चैते–५ लगाउन थालेका थिए । यस वर्ष उक्त जातमा समेत रोग देखिएपछि समस्या थपिएको छ ।

    रोगका कारण उत्पादनमा कमी आउने जोखिम बढेकाले कृषि प्राविधिकले खेतको नियमित अनुगमन, रोगग्रस्त बाला हटाउन, आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई आग्रह गरेका छन् । “सङ्क्रमण फैलिन नदिन र भएको उत्पादन जोगाउन पाकेको धान ढिलो नगरी थन्क्याउनु उपयुक्त हुन्छ”, कार्यालय प्रमुख कँडेलले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस नेता श्रेष्ठको निधन
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
    विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
    • चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
    • ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय
    • अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.