सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान


  •    न्युजभित्तो/२९ जेष्ठ २०८३, शुक्रबार ११:४० 
  • मुग्लिन (चितवन), २९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । 

    बागमती प्रदेश र इच्छाकामना गाउँपालिकाको सशर्त  अनुदानमा  सञ्चालित कार्यक्रमअन्तर्गत निर्माण भएका गोठ तथा खरिद गरिएका दुहुना भैँसीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अनुसार भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानका लागि  गोठ निर्माणका लागि २० जना र दुहुना भैँसी खरिदका लागि गर्ने ३५ जना किसानले निवेदन दिएका थिए । जसमध्ये हालसम्म २० जना किसानले दुहुना भैँसी खरिद गरिसकेका छन् । ती भैँसी गोठमै पुगी अनुमगन गर्नुका साथै भैँसी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । 

    अध्यक्ष गुरुङका अनुसार ५० प्रतिशत अनुदानअन्तर्गत प्रतिकिसान अधिकतम रु ७५ हजारसम्म उपलब्ध गराइएको छ । गाउँपालिकाले भैँसी प्रवर्द्धनका लागि रु ४५ लाख विनियोजन गरेको छ । 

    उहाँले व्यावसायिक पशुपालनमार्फत किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले वडा नं ५ मा चालु अर्थिक वर्षमा व्यावसायिक गाईपालनका लागि किसानलाई अनुदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

    यसैगरी, वडा नं ६ मा बाख्रापालनका लागि व्यवस्थित खोर निर्माणका लागि अनुदान गरिएको छ । सबै वडामा किसानको मागअनुसार कृषिमा विभिन्न पकेट क्षेत्र घोषणा गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । वडा नं ३ मा सुन्तला प्रवर्द्धन र वडा नं १ र २ मा तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको गुरुङको भनाइ छ । 

    बाख्रा र भैँसीपालन गर्दै आउनुभएका कुरिनटारकी सावित्री त्रिपाठीले गाउँपालिकाले अनुदान प्रदान गरेसँगै किसानलाई सहज भएको बताउनुभयो । उहाँल आफूले दैनिक आठ÷नौ माना दूध बेचेर आम्दानी गर्दै आइरहेको बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.