चितवन सेरोफेरो

पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती
-न्युजभित्तो

चितवन,१ जेष्ठ चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको...

नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु
-न्युजभित्तो

त्रिवेणी,१ जेठ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

चितवनको पर्सा बजारमा बस दुर्घटनाः ३१ जना घाइते
-न्युजभित्तो

चितवन, १ जेठ । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा...

चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित
-न्युजभित्तो

चितवन,३१ वैशाख । चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यस वर्ष वैशाख महिनामा कम पानी परेकोले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । हुर्कदै गरेको मकैको बोट घोगा लाग्ने बेलामा ओइलाएर सुक्न थालपछि...

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडियो
-न्युजभित्तो

चितवन,३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चालाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो । निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार डार्ट नगरिकनै ट्रकमा राखेर...

नारायणगढ–मुग्लिन सडक खण्डमा ढिडोसहितको नेपाली खाना खुवाउने ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’
-न्युजभित्तो

चितवन, २९ वैशाख । मुग्लिन–नारायणगढ सडक टिपिकल नेपाली खाना सहित ढिडो खुवाउने गरी सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ पाँच किलो स्थित राजमार्गसँगै रेष्टुरेण्ट सञ्चालनमा आएको हो । यो राजमार्ग हुँदै यात्रा...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई बच्चा मृत भेटिए
-न्युजभित्तो

चितवन,२८ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् ।  निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको बच्चाको १२...

कृषि विश्वविद्यालयमा अखिल क्रान्तिकारीले लगायो ताला
-न्युजभित्तो

चितवन,२८ वैशाख ।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका स्थानमा तालावन्दी गरेको हो । विभिन्न पाँच सुत्रिय माग पेश गदै २ महिना अगाडि...

प्रेस युनियन चितवनमा पदाधिकारी र सदस्य निर्विरोध, अध्यक्षमा मतदान हुँदै
-न्युजभित्तो

चितवन, २७ वैशाख । नेपाल प्रेस युनियन चितवनको आज भईरहेको नवौं अधिवेशनमा अध्यक्ष बाहेकका पदमा निर्विरोध भएको छ । अध्यक्षमा अनिल ढकाल र सूर्यप्रसाद अधिकारीबीच मतदान भईरहेको हो । निर्विरोध निर्वाचित हुनेमा महिला उपाध्यक्ष सिन्धु ढकाल, खुल्ला उपाध्यक्ष प्रस्ताव सुवेदी,...

चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने
-न्युजभित्तो

चितवन,२७ वैशाख। चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने भएका छन् । देशव्यापीरुपमा भ्रष्टचार र कुशासनको विरुद्ध जनलहर देखिएपछि त्यसलाई अझ सशक्त बनाउन चितवनका कवि, लेखक र कलाकारहरु सडकमा उत्रन लागेका हुन् । भोलि बिहीबार...