सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिकामा ८१ करोड ७७ लाखको बजेट सार्वजनिक


  •    न्युजभित्तो/१० असार २०८०, आईतवार १६:३८ 
  • चितवन,१० असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०\२०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ ।

    नगरको जारी नगरसभामा उपमेयर विमला तमाङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

    नगर यातायात, सडक सञ्जाल बिस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक सहायता कक्षबाट गुनासा सुनुवाइगर्ने लगायतका विषयलाई नगरपालिकाले जोड दिएको छ ।

    सामुदायिक विद्यालयमा भवन निर्माण, स्कुल बस सञ्चालनको विषयसँगै पूर्वाधार निमार्णलाई समेत बजेटमा राखिएको छ । विषयगत बजेट भने प्रस्तुत हुन बाँकी छ । यस अघि नगरले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

    यो वर्ष बजेट कटौती भएर आए पनि गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी नगरपालिकासँग रहेको मेयर विनोद रेग्मीले जानकारी दिए । असार २५ गते दिनको १ बजे पुन विषयगत बजेट सहित नगरसभा हुने निर्णयगर्दै आजको बैठक सकिएको छ ।

    कालिका नगरपालिकाको असार ३ गते सार्वजनिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासअन्तगत ‘सुन्दर शहर, सुरक्षित पूर्वाधार र समुदायको दिगोपना’ कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ । त्यसैगरी व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्ययन गरिने, नगरका मुख्य बजार क्षेत्रमा अटोपार्क, शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क निर्माण गरिनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.