चितवन सेरोफेरो
चितवन,१० जेठ । देवघाटमा सुस्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो केन्द्रको उद्घाटन गरेका हुन् । उपमेयर अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने विचार राखे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देवघाट धामको छुट्टै...
चितवन,९ जेठ । जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ । मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो । ओसाका प्रहरीले एनआरएनए...
चितवन,९ जेठ । चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको...
चितवन, ८ जेठ । सुख्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्डमा सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक...
चितवन,८ जेठ । सुख्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहिरोका कारण दुईतर्फी रुपमा नै सडक...
चितवन,८ जेठ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा मात्र निहित हुन नहुने बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौंडामा सम्पन्न ‘स्वास्थ्य सबै नीतिमा सम्बन्धित’ विषेयक कार्यशाली गोष्ठीमा मन्त्री जोशीले यस्तो बताएका हुन्...
चितवन,८ जेठ । नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ । वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका...
चितवन,७ जेठ। भरतपुरमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। भरतपुर महानगरपालिका–१२ को आयोजनामा शनिबार लागुऔषध तथा लागुपदार्थसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको हो । वडा अध्यक्ष लेखराज पन्त (हरि) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले चितवन...
चितवन,७ जेठ। पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज (आइतबार) भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगल ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ भरतपुर–११ का स्कुटर चालक...
चितवन,५ जेठ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । भरतपुर महानगरपालिकाले खोज...












