सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषिलाई प्राथमिकता राख्दै, माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट


  •    न्युजभित्तो/११ असार २०८०, सोमबार १३:२२ 
  • चितवन,११ असार। माडी नगरपालिकाले कृषिलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिलो प्राथमिकता कृषिलाई राख्नु भएको हो । 

    ‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने मुल मन्त्रसहित नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ निर्माण, कुलो लाइनिङ तथा भूमिगत पाइप लाइनिङ,को निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ । नगरले विदेशबाट फर्किएका र बेरोजगार युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न युवा लक्षित स्वरोजगार कृषि कार्यक्रमहरु संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगरपालिकाले पशु र मत्स्यजन्य उत्पादन, पर्यटन, युवा लक्षित कार्यक्रम, खानेपानीलाई प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरेको छ ।

    यस्तै ११औं नगरसभामा नगर उपप्रमुख खेल खेमप्रसाद मतोले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ९६ करोड ६९ लाख २ हजार ४२७ रुपैयाँ विनियोजन गरेको जानकारी दिए । यो चालू आर्थिक वर्ष भन्दा ४३ करोड कम बजेट हो ।

    संघीय सरकारबाट अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ५८ करोड ९० लाख ९ हजार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरणबाट १६ करोड २९ लाख ७३ हजार र नगरको आन्तरिक आम्दानी १५ करोड ९ लाख २० हजार रुपैयाँ प्रक्षेपण गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

    यस्तै नगरले सबै वडालाई विकास निर्माणमा सक्रिय सहभागिता गराउने र सम्बन्धित वडाबाटै छनोट भएका योजनाहरुलाई सम्बोधन गर्न वडा विशेष बजेट विनियोजन गरेको छ ।
    वडा तह अनुसारको बजेट यसप्रकारको छः

    वडा नं.१ का लागि १ करोड १० लाख
    वडा नं.२ का लागि १ करोड
    वडा नं.३ का लागि १ करोड
    वडा नं.४ का लागि ९० लाख
    वडा नं.५ का लागि ९० लाख
    वडा नं.६ का लागि १ करोड
    वडा नं.७ का लागि १ करोड
    वडा नं.८ का लागि ९० लाख
    वडा नं.९ का लागि १ करोड ४५ लाख

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.