सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनी नगरपालिकाले ल्यायो चालु आर्थिक वर्षको भन्दा ४१ करोड बढी कम बजेट


  •    न्युजभित्तो/११ असार २०८०, सोमबार १७:११ 
  • चितवन,११ असार। चितवनको खैरहनी नगरपालिकाको बजेटको आकार घटेको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले पेस गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४१ करोड ३४ लाख ८० हजार कम छ ।

    नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट पेस गरेको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष संशोधित एक अर्ब ३६ करोड २३ लाख ७७ हजारको बजेट पेस गरिएको थियो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले चालु खर्चतर्फ ४८ करोड २६ लाख ८४ हजार –५०.८६ प्रतिशत) र पुँजीगततर्फ ४६ करोड ६२ लाख ११ हजार –४९.१४प्रतिशत) बजेट विनियोजन गरेको छ ।

    नगरसभामा पेस भएको विवरण अनुसार आगामी आर्थिक वर्षका लागि पेस भएको बजेट आर्थिक वर्ष २०७८÷७९ को यथार्थभन्दा ०.९६ प्रतिशत बढी हो भने, चालु आर्थिक वर्षको भन्दा २८.२४ प्रतिशतले कम हो ।

    नगरपालिकाले आगामी आर्थिक वर्ष आन्तरिक आय १७ करोड ७० लाख ३८ हजार, संघीय सरकारको सशर्त अनुदान २४ करोड १४ लाख, समानीकरण अनुदान १५ करोड ७६ लाख र संघीय सरकारबाट बाँडफाँट भई प्राप्त हुने ११ करोड ३४ लाख २० हजार, भारतीय राजदूतावासबाट प्राप्त हुने आय एक करोड र चालु आर्थिक वर्षको अनुमानित बैंक मौजदात चार करोड गरी नगरपालिकाले ९४ करोड ८८ लाख ९५ हजार आय अनुमान गरेको छ ।

    यस्तै व्ययतर्फ कार्यसञ्चालन तथा प्रशासनिक खर्च ११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा सात करोड ७० लाख, नगरस्तरीय योजना तथा कार्यक्रम खर्च तर्फ ४९ लाख २५ हजार, नगरस्तरीय पूर्वाधारका कार्यक्रमहरु तीन करोड ४० लाख ४० हजार खर्च हुने अनुमान छ ।

    वडास्तरीय योजना तर्फ १७ करोड २६ लाख, विषयगत शाखा तर्फ १४ करोड ५ लाख, नगरस्तरीय विभिन्न कोषतर्फ एक करोड ५० लाख, म्याचिङ फण्डमा दुई करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३६ करोड ४९ लाख ३० हजार गरी जम्मा ९४ करोड ८८ लाख ९५ हजार व्यय अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.