सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चाडपर्व लक्षित गर्दै खैरहनी नगरपालिकाद्वारा बजार अनुगमन


  •    न्युजभित्तो/२१ आश्विन २०८०, आईतवार २०:११ 
  • खैरहनी (चितवन) , २१ असोज । खैरहनी नगरपालिकाले पर्सा बजारको विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ । चाडपर्व नजिकिंदै आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका बिभिन्न पसल तथा व्यवसायको आज अनुगमन गरेको हो ।

    पर्साको मुख्य बजार क्षेत्र भित्र रहेका १४ वटा मुख्य किराना पसल र डिपार्टमेन्ट स्टोरमा खाद्य सामाग्रीको अनुमगन गरिएको खैरहनी नगरपालिका उपमेयर कविता उप्रेतीले बताउनु भयो । अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्रि विलको निरीक्षण गरिएको र अनुगमनको सिलसिला जारी रहने नगरप्रमुख शशी कुमार खनियाले बताउनु भएको छ ।

    अनुगमनको क्रममा विभिन्न पसलमा म्याद नागेका चिप्स, तेल, जुस समेतका खाद्य सामाग्री लगायतका सामाग्रीहरु फेला परेका थिए । फेला परेका म्याद नागेका खाद्य सामग्रीहरु जफत गरी नष्ट गरिएको छ । अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

    खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले चाडपर्वको मुखमा मात्रै नभएर उपभोक्ताको हितसँग जोडिएका सबै क्षेत्रमा अनुगमनको सिलसिला निरन्तर रहने बताउनु भएको छ । नगर उपप्रमुख कविता उप्रेतीको संयोजकत्वमा भएको बजार अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय
    अधिकृत, कर्मचारी, वडाध्यक्ष सहितको जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधी, नेपाल प्रहरी र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रतिनिधिको सहभागिता हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.