सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘रिगलको बिषयमा आफुलाई केही थाहा छैन’: अर्थमन्त्री डा. महत


  •    न्युजभित्तो/१९ आश्विन २०८०, शुक्रबार १५:३५ 
  • चितवन, १९ असोज। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन चितवनले शुक्रबार(आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले ढकालको आम माफिको विषयमा बुझ्न नपाएको बताएका हुन् । ‘यस विषयमा मलाई केही थाहा भएन । गृह मन्त्रालयले के आधार बनाएर राष्ट्रपति कहाँ पुग्यो,’ सञ्चारकर्मीको प्रश्नमा जबाफ दिँदै अर्थमन्त्री महतले ‘सबै नबुझि बोल्ने कुरा भएन मैले पनि बुझ्दै छु ।’

    फरक प्रसंगमा महतले अर्थतन्त्र सुधार उन्मुख भएको बताएका छन् । ‘विश्व बैंक, एडिभिको रिपोर्ट अनुसार २ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदरमा छौँ । यस आर्थिक बर्ष ४ प्रतिशत नाघ्ने प्रक्षेपण एडिभिले गरेको छ,’ उनले भने ‘हाम्रो लक्ष्य ६ प्रतिशत आर्थिक बृद्धि गर्ने रहेको छ ।’ आम नागरिकलाई सकरात्मक ढंगले हेर्नुपर्ने बताए । देश बाहिर भनेजस्तो देशमा आर्थिक संकट नभएको उनले जिकिर गरे । ‘समस्या छ नभएको होइन । पहिला सहज रुपमा राष्ट्रबैंकले ऋण प्रवाह ग¥यो । अहिले टाइट ग¥यो । उत्पादन भएन । ठिक हो । तर त्यही कुरा देखाएर समग्र कुरा खराब छ भन्न मिल्दैन’–उनले भने ।

    निर्माण व्यवसायीले असार मसान्तसम्मको भुक्तानी नपाएको गुनासो गरेका छन्? भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई नियमित रुपमा भुक्तानी भएको दाबी गरे । ‘यो विषय गलत हो । हामीले असार समान्तसम्म ६०/७० अर्ब भुक्तानी गरेका छौँ । बाँकी ७ अर्बभन्दा छैन । तर यहाँ ६०/७० अर्ब नै तिरेको छैन भन्ने हल्ला हो,’ उनले भने ‘उहाँहरुसंग बसेर हिसाब गर्दा ७/८ अर्बभन्दा छैन ।’ दशैँ अगाडि बाँकी रकम सबै तिर्ने उनले बताए । उनले गठबन्धन भत्काउनका लागि एमालेले आधार हिन कुरा गरिरहेको उनले बताए । एमाले सरकारमा ओम्नी काण्डजस्ता ठुलठुला काण्ड भएको भन्दै यो सरकारले सुसान कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.