भरतपुर, २१ असोज। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छन् । भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलोपटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गरिन् ।
महानगरपालिकाले २०७४ सालमा पहिलोपटक प्रतिलिटर २५ पैसाबाट सुरू गरेको अनुदान अहिले तीन रूपैयाँ पु¥याएको प्रमुख दाहालले जानकारी दिइन् । महानगरपालिकाको आन्तरिक अम्दानीमा वृद्धि भए दूधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गरिन् । आन्तरिक अम्दानी सोचेअनुसार संकलन हुन नसकेकाले यस आर्थिक वर्षमा दूधमा अनुदान वृद्धि गर्न नसकेको उनले जानकारी दिइन् ।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक सात हजार लिटरभन्दा बढी दूध संकलन गरी नमुना काम गरेकोमा महानगर प्रमुख दाहालले बधाइ पनि दिइन् । उनले आगामी वार्षिकोत्सवसम्म पुग्दा दैनिक १० हजार लिटर दूध संकलन गर्न सक्षम बन्न शुभकामना पनि व्यक्त गरिन् ।
प्रमुख दाहालले सहकारीले कृषि तथा पशुपलानमार्फत स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको उच्च प्रशंसा पनि गरिन् । कृषकको आर्थिक उन्नति, रोजगारी सिर्जनामा सहकारी अभिप्रेरित रहेकोमा सहकारीलाई धन्यवाद पनि दिइन् । प्रमुख दाहालले महानगरले कृषि तथा पशुपालनलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकाले पशुपालनमा आत्मनिर्भर रहेको धारणा व्यक्त गरिन् ।
चितवनको पहिलो दुग्ध उत्पादक सहकारी संस्था रहेको अन्नपूर्णले दूध, दही, घ्यू, पनिरका साथै पशुआहार र साइलेज उत्पादन गर्दै आइरहेको छ । सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठूलो रकम पाउने गरेको छ । कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्नेछ ।
भरतपुर, २१ असोज। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुग्ध कृषकलाई दूधमा महानगरले दिने अनुदानमा वृद्धि गर्न सकारात्मक रहेको बताएकी छन् ।
भरतपुर–६ मा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ४० औँ साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख दाहालले दूधमा अनुदान दिने देशमै पहिलोपटक भरतपुर महानगरपालिकाले गरेको उल्लेख गरिन् ।
महानगरपालिकाले २०७४ सालमा पहिलोपटक प्रतिलिटर २५ पैसाबाट सुरू गरेको अनुदान अहिले तीन रूपैयाँ पु¥याएको प्रमुख दाहालले जानकारी दिइन् ।
महानगरपालिकाको आन्तरिक अम्दानीमा वृद्धि भए दूधमा दिने अनुदानलाई वृद्धि गर्न सकिने उल्लेख गरिन् । आन्तरिक अम्दानी सोचेअनुसार संकलन हुन नसकेकाले यस आर्थिक वर्षमा दूधमा अनुदान वृद्धि गर्न नसकेको उनले जानकारी दिइन् ।
अन्नपूर्ण दुग्ध उत्पादक सहकारीले दैनिक सात हजार लिटरभन्दा बढी दूध संकलन गरी नमुना काम गरेकोमा महानगर प्रमुख दाहालले बधाइ पनि दिइन् । उनले आगामी वार्षिकोत्सवसम्म पुग्दा दैनिक १० हजार लिटर दूध संकलन गर्न सक्षम बन्न शुभकामना पनि व्यक्त गरिन् ।
प्रमुख दाहालले सहकारीले कृषि तथा पशुपलानमार्फत स्थानीय अर्थतन्त्रमा खेलेको भूमिकाको उच्च प्रशंसा पनि गरिन् । कृषकको आर्थिक उन्नति, रोजगारी सिर्जनामा सहकारी अभिप्रेरित रहेकोमा सहकारीलाई धन्यवाद पनि दिइन् । प्रमुख दाहालले महानगरले कृषि तथा पशुपालनलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकाले पशुपालनमा आत्मनिर्भर रहेको धारणा व्यक्त गरिन् ।
चितवनको पहिलो दुग्ध उत्पादक सहकारी संस्था रहेको अन्नपूर्णले दूध, दही, घ्यू, पनिरका साथै पशुआहार र साइलेज उत्पादन गर्दै आइरहेको छ ।
सहकारीमा हाल ४६६ सेयर सदस्य रहेका छन् । सहकारीले भरतपुर महानगरपालिकाले प्रदान गर्ने अनुदान रकम भरतपुरमा सबैभन्दा ठूलो रकम पाउने गरेको छ । कार्यक्रममा उत्कृष्ट कृषक, कर्मचारी र सहकारीको उद्योगको उत्पादन बिक्री गर्ने बिक्रेतालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष ऋषिराम चापागाईको अध्यक्षमा भएको थियो । ४० औँ अधिवेशनले नयाँ समिति चयन गर्नेछ ।