भृकुटी बोर्डिङ बन्यो आधारभूत तहमा भरतपुर महानगरकै उत्कृष्ट
न्युजभित्तो/२१ आश्विन २०८०, आईतवार १३:२९
भरतपुर, २१ असोज । भरतपुर महानगरपालिकामा संस्थागततर्फको आधारभूत तह (कक्षा ८) मा भृकुटी बोर्डिङ स्कुल उत्कृष्ट भएको छ । २०७९ सालको आधारभूत तहमा उत्कृष्ट भएको भृकुटी बोर्डिङलाई भरतपुर महानगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान गरेको हो ।
भरतपुर–३ कमलनगरमा रहेको यस विद्यालय गत वर्षको आधारभूत तहको परीक्षामा पनि उत्कृष्ट भएको थियो । यस विद्यालयका प्रिन्सिपल रामजी पाण्डेले शिक्षक, विद्यार्थीको अथक मेहनत र अभिभावकको साथ सहयोगले विद्यालय उत्कृष्ट ठहर भएको बताए ।
उनले भने, ‘बर्सेनि विद्यालय उत्कृष्ट भइरहेको छ, २०७८ र २०७९ मा आधारभूत तहमा यस विद्यालय सिंगो महानगरकै उत्कृष्ट बन्न सफल भयो, यसबाहेक विभिन्न अतिरिक्त क्रियाकलापमा भृकुटीले उत्कृष्ट नतिजा निकालेको छ ।’
भृकुटीमा अध्यापनरत शिक्षकहरु पनि सिकाइ उपलब्धिमा नतिजामा महानगरकै उत्कृष्ट भइरहेका छन् । महानगरको शैक्षिक प्रशासन महाशाखाले निकालेको सिकाइ उपलब्धितर्फको २०७९ को नतिजामा भृकुटीका दुई विषयका शिक्षकहरु सम्मानित भएका हुन् ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार उत्कृष्ट सिकाइ उपलब्धि हासिल गरेबापत आधारभूत तह ९कक्षा ८० मा पेसा, व्यवसाय तथा प्रविधि र सामाजिक विषयमा सम्बन्धित विषय शिक्षकहरु सम्मानित भए । पेसा, व्यवसाय तथा प्रविधि विषयका शिक्षक सिजन न्यौपाने र सामाजिक विषयका शिक्षक रामु पाण्डे उत्कृष्ट सिकाइ उपलब्धि हासिल गरेबापत सम्मानित भएका भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । सम्मानित शिक्षकहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले सम्मान गरेकी थिइन् ।
विद्यालयका प्रिन्सिपल रामजी पाण्डेले २०७८ को एसइई नतिजामा भरतपुर ई। स्कुल सोसाइटी ९बेस० अन्तर्गतको विद्यालयमध्ये भृकुटी बोर्डिङ पहिलो भएको बताए । त्यतिबेला विद्यालयले औषत जिपिए ३।१६ ल्याएको थियो । यस्तै, २०७५ सालको आधारभूत परीक्षामा भरतपुर महानगरमा संस्थागत विद्यालयतर्फ पहिलो भएको प्रिन्सिपल पाण्डे बताउँछन् ।
यसैगरी यसअघि महानगर तथा जिल्लास्तरका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले पुरस्कार जितेको छ । विद्यालय प्रशासनका अनुसार यसअघि भएको जिल्लास्तरीय निबन्ध प्रतियोगितामा विद्यालय उत्कृष्ट भएको थियो । विद्यार्थी दृष्टि न्यौपाने उत्कृष्ट भएकी थिइन् ।
विद्यालयले बर्सेनि २५० विद्यार्थीलाई पुरस्कार वितरण गर्दै आएको छ । रेडक्रस, स्काउटलगायतको क्षेत्रमार्फत विद्यालयले सामाजिक काम पनि गर्दै आएको छ । जनचेतनामूलक ¥याली, अन्तक्र्रियालगायतका कार्यक्रम विद्यालयले गर्दै आएको छ । एक दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा योगदान गर्दै आएको यस विद्यालयमा कक्षा १० सम्म हाल करिब ७०० विद्यार्थीहरु र ५० शिक्षक तथा कर्मचारीहरु रहेका छन् ।
भरतपुर, २१ असोज । भरतपुर महानगरपालिकामा संस्थागततर्फको आधारभूत तह (कक्षा ८) मा भृकुटी बोर्डिङ स्कुल उत्कृष्ट भएको छ । २०७९ सालको आधारभूत तहमा उत्कृष्ट भएको भृकुटी बोर्डिङलाई भरतपुर महानगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान गरेको हो ।
भरतपुर–३ कमलनगरमा रहेको यस विद्यालय गत वर्षको आधारभूत तहको परीक्षामा पनि उत्कृष्ट भएको थियो । यस विद्यालयका प्रिन्सिपल रामजी पाण्डेले शिक्षक, विद्यार्थीको अथक मेहनत र अभिभावकको साथ सहयोगले विद्यालय उत्कृष्ट ठहर भएको बताए ।
उनले भने, ‘बर्सेनि विद्यालय उत्कृष्ट भइरहेको छ, २०७८ र २०७९ मा आधारभूत तहमा यस विद्यालय सिंगो महानगरकै उत्कृष्ट बन्न सफल भयो, यसबाहेक विभिन्न अतिरिक्त क्रियाकलापमा भृकुटीले उत्कृष्ट नतिजा निकालेको छ ।’
भृकुटीमा अध्यापनरत शिक्षकहरु पनि सिकाइ उपलब्धिमा नतिजामा महानगरकै उत्कृष्ट भइरहेका छन् । महानगरको शैक्षिक प्रशासन महाशाखाले निकालेको सिकाइ उपलब्धितर्फको २०७९ को नतिजामा भृकुटीका दुई विषयका शिक्षकहरु सम्मानित भएका हुन् ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार उत्कृष्ट सिकाइ उपलब्धि हासिल गरेबापत आधारभूत तह ९कक्षा ८० मा पेसा, व्यवसाय तथा प्रविधि र सामाजिक विषयमा सम्बन्धित विषय शिक्षकहरु सम्मानित भए ।
पेसा, व्यवसाय तथा प्रविधि विषयका शिक्षक सिजन न्यौपाने र सामाजिक विषयका शिक्षक रामु पाण्डे उत्कृष्ट सिकाइ उपलब्धि हासिल गरेबापत सम्मानित भएका भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । सम्मानित शिक्षकहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले सम्मान गरेकी थिइन् ।