सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायलको उत्तरी क्षेत्रका नेपाली विद्यार्थीहरु नेपाल फर्कने कि नफर्कने भनेर दोधारमा


  •    न्युजभित्तो/२२ आश्विन २०८०, सोमबार १६:५० 
  • चितवन,२२ असोज । इजरायलको उत्तरी क्षेत्रका कृषि फार्म र प्रयोगशालामा काम गर्ने नेपाली विद्यार्थीहरु नेपाल फर्कने कि नफर्कने भनेर दोधारमा परेका छन् ।

    इजरायलको दक्षिणी क्षेत्र तनावग्रस्त भए पनि उत्तरी क्षेत्र शान्त भएकोले आफूहरु निरन्तर काममा रहेकोले घर फर्कने किन नफर्कने भनेर दोधारमा परेको बताएका हुन् ।

    इलाम कृषि क्याम्पसका ९ जना र पक्लिहवा क्याम्पसका १० गरी उत्तरी किबुथ क्षेत्रमा १९ जना विद्यार्थीहरु रोजगारीसँगै प्रशिक्षार्थीको रुपमा काम गरिरहेका छन् । तीनै विद्यार्थीहरु मध्येकी एक लमजुङ दूधपोखरी गाउँपालिका–२ ठाँटीबजार स्थायी ठेगाना भई इलामको कृषि क्याम्पसबाट इजरायल गएकी ईभा दवाडीले आफूहरु निकै सुरक्षित ठाउँमा रहेकोले नेपाल फर्कने कि नफर्कने दोधारमा रहेको नारायणी अनलाइनलाई बताइन् । उनले आफूहरु बसेको ठाउँमा दिवकालिन र रात्रिकालिन दुवै शत्रमा काम भइरहेको र जनजीवन सामान्य नै रहेको जानकारी दिइन् ।

    साथीहरुसँग प्रयोगशालामा काम गरिरहेकी इभाले भनिन्, ‘ हामी निकै भाग्यमानी रहेछौं । सुरक्षित ठाउँको फार्ममा काम गर्न आइपुग्यौं । नेपाली विद्यार्थीहरु मारिएको ठाउँमा नै इलाम क्याम्पसको अघिल्लो वर्षका विद्यार्थीहरु काम गरेर फर्किएका थिए । ’ उनले आफूहरु बसेको ठाउँमा कुनै आवाज नआएको र बम पनि नखसेको नारायणी अनलाइनलाई बताइन् । उनले आफू बसेको ठाउँको बर्णन गर्दै भनिन्, ‘ घर अगाडि नै बंकर हुने रहेछ । समूहमा बस्ने सुरक्षित ठाउँ सेल्टर पनि घर नजिकै छ । हामी सबै प्रयोगशालामा काम गर्छौ । लडाइ सुरु भएपछि हामी रातभर सेल्टरमा बस्यौं । निन्द्रा भने लागेन । गफ गरेर बस्यौं ।’ उनीहरुले आज मात्र फार्ममा एक जना नेपाली नागरिक आएर तिमीहरु घर फर्कनु पर्देन शान्त छ काम गरिराखे हुन्छ भनेर सुझाव दिएको बताए ।

    उनीहरु इजरायल पुगेको २५ दिनजती मात्र भएको छ । जम्मा ११ महिनाको लागि इजरायल गएका हुन् । विद्यार्थीहरुले एक घण्टा प्रयोगशालामा काम गरेको इजरायली सिकल ३० पाउँछन् जसको एक बराबर नेपाली ३४ रुपैयाँ बढी हुन्छ । जसबाट एक घण्टाको झण्डै एक हजार रुपैयाँ भन्दा बढी हुन्छ । उनीहरु त्यहाँ दिनको आठ घण्टा काम गर्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.