चितवन सेरोफेरो

चितवनमा गत वर्षको तुलनामा धान उत्पादन १० प्रतिशतले घट्याे
-न्युजभित्तो

चितवन, २१ मंसिर । जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ । यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ...

कथाकार वसन्त पराजुलीको ‘ड्रिमी आइज’ सार्वजनिक
-न्युजभित्तो

चितवन, २१ मंसिर । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती कथाहरु...

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने
-न्युजभित्तो

चितवन, २१ मंसिर । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न...

भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण छ: उपप्रमुख चित्रसेन
-न्युजभित्तो

चितवन, २० मंसिर । सरकारले सन् २०२३र२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ । आन्तरिक...

भरतपुर महानगरपालिकाले सुरु गर्‍यो समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम
-न्युजभित्तो

चितवन, २० मंसिर । भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । महानगरपालिका–२४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले कार्यक्रमको उद्घाटन गर्दै महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्ने खोरको अभाव
-न्युजभित्तो

चितवन, १९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो...

एनसेल प्रकरणबारे अहिलेसम्म सरकारलाई जानकारी छैनः अर्थमन्त्री महत
-न्युजभित्तो

चितवन, १९ मंसिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका हुन् । उनले भने,...

चेपाङ बस्तीमा ‘एक घर एक धारा’,एकैपटक दुई आयोजना शिलान्यास
-न्युजभित्तो

भरतपुर, १८ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ ।...

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज
-न्युजभित्तो

चितवन, १८ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन...

प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्छौं: मन्त्री जोशी
-न्युजभित्तो

चितवन, १७ मंसिर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने...