चितवन, १६ माघ । चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले प्रदान गर्ने यो पटकको ‘दशरथ चन्द स्मृति पुरस्कार’ काभ्रे बनेपाका मोहन दुवालले पाउनु भएकने छ ।सहिद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट पुरस्कृत गरिएको हो ।
हरेक बर्ष प्रदान गरिने यस पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्राध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गर्नुभएको ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डिआर पोखरेले जानकारी दिनुभयाे । सहिदको बलिदानी भावानाहरुप्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले बताउनुभयो । विस २०७० सालदेखि सहिद दिवसको दिन पारेर पुरस्कार दिइदै आएको छ ।
दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तनप्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धाराबाहिक रुपमा प्रकाशित गर्नुभएको छ । विस १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गर्नुभएको हाे । त्यसैगरी विस २०६६ सालमा सो कृतिलाई पुनः पुस्तकको रुपमा प्रकाशित गरेको पोखरेलले बताउनु भयाे । सहिदको महत्वपुर्ण कृतिलाई जोगाउने काममा यो महत्वपुर्ण योगदान भएका कारणले दुवालाई पुरस्कृत गरिएको उहाँको भनाई छ ।
चितवन जिल्ला समन्वय समिति (जिसस)को सभा हलमा भएको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख नारायणप्रसाद अधिकारी रहनुभएकाे थियाे । पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक कपिल अज्ञातले प्रकास पार्नुभएको थियो ।
प्राध्यापक अज्ञातले दुवाल साहित्यिक सेवक शिरोमणि भएको बताउनुभयाे । नामले विचारप्रधान जस्तो लाग्ने तर विषयका हिसाबले साहित्यिक पत्रिका जनमतलाई दुवालले तीन दशकदेखि नियमित प्रकाशन गर्दै आउनु भएको छ । आफ्नो शेषपछि पनि नियमित होस् भनेर कोष बनाउनु भएको छ । साहित्यक कर्म सेवा कर्म हो भन्ने भावले उहाँ लाग्नु भएको छ । यसले अरुलाई पनि सेवामा लाग्न प्रेरित गरेको अज्ञातको भनाइ थियो ।