सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे


  •    न्युजभित्तो/१२ माघ २०८०, शुक्रबार १६:०३ 
  • चितवन, १२ माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् ।

    अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको सङ्ख्या भने बढेको हो । विश्वविद्यालयको आङ्गिक र सम्बन्धन पाएका क्याम्पसको सिट क्षमताभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षा दिने गर्दछन् । तीमध्ये उत्तीर्ण सबैले पढ्न पाउँदैनन् । कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौवटा क्याम्पसमा पाँच सय ६० जना विद्यार्थी भर्ना भएका छन् । गत शैक्षिक सत्रमा यो सङ्ख्या चार सय २६ जना मात्रै थियो ।

    विश्वविद्यालयको दैलेखको दुल्लुस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गत वर्ष विद्यार्थी शून्य भएका थिए । यस वर्ष ३० जना विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेक आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी भर्ना भएका थिए । यस वर्ष भने दुल्लुबाहेक सबै आङ्गिक क्याम्पसमा कोटाअनुसार विद्यार्थी भर्ना भएको उहाँले जानकारी दिनुभयो ।

    केन्द्रीय क्याम्पस रामपुरमा एक सय ६२ जनाको कोटा निर्धारण गरिएको छ । सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रीबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आङ्गिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ । रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ ।

    त्यसैगरी, सम्बन्धन प्राप्त निजी क्याम्पस पूर्वाञ्चल कृषि क्याम्पस, नीतिका कृषि सहकारी संस्था इटहरी, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एन्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा रहेको छ ।

    गत शैक्षिक सत्रमा ती क्याम्पसमा विद्यार्थी भर्ना नभए पनि यस वर्ष केही क्याम्पसमा विद्यार्थी भर्ना भएको श्रेष्ठले जानकारी दिनुभयो । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षमा क्रमशस् घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका थिए । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका थिए । तीनै विद्यार्थी क्याम्पसमा भर्ना भएका हुन् । गत शैक्षिक सत्रमा एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय ५३ जनामात्र उत्तीर्ण भएका थिए । त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या आठ सय थियो । एक हजार सात सयजनाले आवेदन दिएका थिए । यसको तुलनामा चालु शैक्षिक सत्रमा विद्यार्थी धेरै उत्तीर्ण भएका हुन् ।

    सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन् । तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरू विश्वविद्यालयका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले विद्यार्थी बढ्ने गरी नीतिगतरुपमा विश्वविद्यालयले सुधारका काम गरेकाले कृषि पढ्ने विद्यार्थीको सङ्ख्या बढेको बताउनुभयो । समयमा प्रवेश परीक्षा हुनु, विश्वविद्यालयको सकारात्मक प्रचार हुनु पनि विद्यार्थी बढ्नाका कारण रहेको उहाँ बताउनुहुन्छ ।

    पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ सुरु गरिएसँगै विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँ बताउनुहुन्छ । शैक्षिक क्यालेन्डरअनुसार सबै सङ्कायको पढाइ र परीक्षा एउटै समयमा हुन थालेको उहाँले बताउनुभयो । विश्वविद्यालयमा हुने गरेका हडतालमा समेत कमी आएपछि विद्यार्थी भर्ना हुने दर बढेको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.