कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु
न्युजभित्तो/१७ माघ २०८०, बुधबार १३:५८
चितवन, १७ माघ । नेपाली कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले उनी सवार मोटरसाईकलमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई गैंडाकोटको कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । उनको छोरा विदेश रहेकोले नेपाल आएपछि मात्रै अन्त्येष्टि गरिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
उनी कांग्रेसको महासमिति सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका ६६ वर्षका पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।