चितवन सेरोफेरो
काठमाडौं, ३ पुस। चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका-१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ...
भरतपुर, २ पुस । चितवनको माडीस्थित सोमेश्वरगढी नेपाल र भारतको सिमाना (दशगजा) मा रहेको एतिहासिक धार्मिक पर्यटकीययस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रुपमा मानिन्छ । सोमेश्वरगढीलाई सरकारले...
भरतपुर, २ पुस । गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू...
चितवन, १ पुस । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली...
चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न...
चितवन, २९ मंसिर । चितवनको भरतपुर अस्पतालमा सुत्केरी हुन आएका गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया गरिएको छ । आर्थिक वर्ष २०७९र८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन् । सो आर्थिक वर्ष ११ हजार आठ सय ९४...
चितवन, २९ मंसिर । जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० चितवन शाखाले आयोजना...
चितवन, २९ मङ्सिर । चितवनको इच्छाकामना मन्दिर नजिकै आज मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले...
चितवन, २८ मंसिर । श्रमजीवि पत्रकारहरूको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनका पदाधिकारीहरूले आर्थिक सहयोग गरेका छन् ।उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भवनका लागि ५० हजार ५ सय, यस्तैं,...
चितवन, २८ मंसिर । चितवनमा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो । मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको...












