सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका एक सय एकहत्तर निजी वन व्यवस्थापनमा


  •    न्युजभित्तो/१५ माघ २०८०, सोमबार १४:०२ 
  • चितवन, १५ माघ । जिल्लामा दर्ता भएका दुई सय ५९ निजी वन मध्ये एक सय ७१ वटा व्यवस्थापनमा रहेका छन् । डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०४५ पुस ११ गतेदेखि हालसम्म दर्ता भएका वन मध्ये एक सय ७१ वन व्यवस्थापनमा रहेका छन् ।

    कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कुनै व्यक्ति वा संस्थाले आफ्नो निजी जग्गामा संरक्षण गरी वा नयाँ वृक्षारोपण गरी हुर्काएका बिरुवालाई निजी वन भन्ने गरिन्छ । “यस्ता वनमा निजी वन धनीले आफ्नो इच्छा अनुसार वनको विकास, संरक्षण, व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न मूल्य निर्धारण गरी बिक्री वितरण गर्न सक्नेछन्”, उहाँले भन्नुभयो ।

    जिल्लामा दर्ता भएका निजी वनको अनुगमनका क्रममा वन दर्ता गरी बिरुवा रोपणपछि वन व्यवस्थापनको क्रियाकलाप नभएको पाइएको कार्कीले बताउनुभयो । ती वनमा अनुगमन, निरीक्षण र विस्तृत नापजाँचपछि बोटबिरुवाको लगत कायम गरी अद्यावधिक गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

    निजी वनको सम्भाव्यता बढी देखिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख कार्कीले निजी वन प्रवर्द्धनका लागि वन धनीलाई स्थान सुहाउँदो बोटबिरुवा वितरण गरी व्यवसायिक रुपमा विस्तार गर्न सकिने बताउनुभयो । निजी वन व्यवथापनमा देखिएका चुनौतिहरु समाधान गर्दै अघि बढ्न सके प्रभावकारी व्यवस्थापन हुने उहाँको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.